Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुडानमा एक्कासी हिंशा भड्किएपछी, शान्ति सेनाहरु ‘अलर्ट’मा

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ५, काठमाडौं | क्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा सशस्त्र प्रहरीका तीन कर्मचारी घाइते भइसकेका छन्। सुडानमा करिब दुई हजार नेपाली छन्।

एक हजार नौ सय नेपाली सुरक्षाकर्मी राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनाका लागि खटिएका छन्। सुरक्षाकर्मीबाहेक अरू करिब एक सय नेपाली दक्षिण सुडानमा कार्यरत छन्।

सेना, सशस्त्र र नेपाल प्रहरीका १९ सय कार्यरत

सुडानमा नेपाली सेनाका एक हजार ५ सय ९०, सशस्त्रका करिब तीन सय र नेपाल प्रहरीका करिब २० प्रहरी अधिकृत कार्यरत छन्। राष्ट्रसंघअन्तर्गत विभिन्न निकायमा सिभिलियन पनि कार्यरत छन्। हिंसा मच्चिएपछि शान्ति सेनामा खटिएका सुरक्षा अधिकारी क्याम्पबाहिर निस्किएका छैनन्। केही दिनसम्म उनीहरू बंकरभित्र बसेका थिए।

तीन सशस्त्र प्रहरी घाइते

गत साताको एक झडपमा सशस्त्र प्रहरी बलका तीनजना घाइते भएका थिए। राजधानी जुवामा भएको दुई पक्षको गोली हानाहानमा उनीहरू घाइते भएका हुन्। सशस्त्र बसेको एफपियू क्याम्पनजिकै झडप हुँदा तीनजना घाइते भएको सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले बताए। उनीहरूलाई गोलीका छर्रा लागेको छ। झडपमा शान्ति स्थापनाका लागि खटिएका दुई चिनियाँ शान्ति सैनिकको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए।

शान्ति सैनिक ‘अलर्ट’मा

एक्कासि हिंसा मच्चिएपछि राष्ट्रसंघले सबै शान्ति सैनिकलाई ‘अलर्ट’ बनाएको छ। राष्ट्रपति किरले युद्धविरामको घोषणा गरे पनि दैनिकजसो दुई पक्षका सैनिकबीच गोली हानाहान हुने गरेको छ।

सुडानको विभाजनपछि जातीय हिंसा

जनमतसंग्रहमार्फत पाँच वर्षअघि सुडानबाट दक्षिण सुडान टुक्रिएको थियो। तीन वर्षयता त्यहाँ आन्तरिक रूपमा जातीय हिंसा बढ्दै गएको छ। डिंका र न्यूर जातिबीच पटक–पटक हिंसात्मक झडप हुने गरेको छ। दक्षिण सुडानको टोरिट भन्ने स्थानमा राष्ट्र संघअन्तर्गत मानवअधिकारकर्मीका रूपमा कार्यरत ठाकुर चापागार्इं केही दिन आफूहरू बंकरभित्र बसेको बताउँछन्। - नयाँ पत्रिका