२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइबरमा एकैसाथ अब २० जनाले ग्रुप भिडियो कल गर्न सकिने

२०७७, २७ जेष्ठ मंगलवार ०६:३९

जेठ २७, काठमाडौं । भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ। जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिने कम्पनीले जनाएको छ।

यसभन्दा अघि सुरु गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमनेसामने भएर संवाद एवं छलफल गर्नका लागि व्यापक भिडियो कलको बढ्दो माग भइरहेको सन्दर्भलाई दृष्टिगत गरेर यो नयाँ विशेषता भाइबरमा थप गरिएको हो।

सामाजिक दूरीको नियम र मानिसहरुमाझ समुहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ । अनलाइन कुकिङ्ग शिक्षा संचालन गर्ने सेफहरुदेखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरुहरुसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित, प्रभावकारी अनलाइन मञ्च जरुरी भएको छ ।

मोबाइल तथा डेस्कटप दुबैमा भाइबर एप मार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गरी कार्य–मैत्री सुविधाहरु जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिन्छ । भाइबरको ग्रुप च्याटहरु र ग्रुप भ्वाइस कलहरुका साथ आमने सामने सञ्चारको यो नयाँ माध्यम ‘न्यू नर्मल’ सँग सामना गर्ने एक उत्तम तरिका हो ।

कसरी सुरु गर्ने?

ग्रुप भिडियो कल सुरु गर्न स्क्रिनको माथिल्लो छेउमा भएको नयाँ ‘भिडियो’ बटन दबाउनुहोस अथवा चालू भइरहेकै भिडियो कलमा थप सहभागीहरुलाई सजिलैसँग थप्न सकिने कम्पनीले जनाएको छ।

ग्रुप भिडियो कलले वक्तालाई सबै सहभागीहरुमाझ भिडियो प्रदर्शन गर्ने मौका दिन्छ । प्रयोगकर्ताहरुले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रुपमा पिन गर्न सक्नु हुनेछ । साथै प्रयोगकर्ताहरुले आफ्नो भिडियो बन्द गर्न र आफैलाई म्यूट राख्न पनि सक्नेछन र कलको दौरान अन्य कोही सहभागी म्यूट रहेको वा उनीहरुको भिडियो बन्द भएको पनि देख्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा