2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियार प्रमुख लोकमान सहित पदाधिकारीहरुलाई सुशासन समितिले बोलायो

साउन ७, काठमाडौं । काठमाडौं विश्वविद्यालयका पदाधिकारीले प्रवेश परीक्षामा अख्तियारले हस्तेक्षप गरेको बारे मुख खोलेपछि त्यस विषयमा संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सोधपुछ गर्ने भएको छ ।

आजको बैठकमा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार भोला थापाले प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बढेको स्वीकार गरेका थिए । यसैबीच समितिको बैठकले अख्तियार प्रमुख लोकमान सहित पदाधिकारीहरुलाई आतबारको बैठकमा उपस्थित हुन निर्देशन दिएको हो ।

समितिले सोधपुछ पछि वास्तविकता पत्ता लगाउन समिति गठन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका अनसनरत डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । सो विषयतमा मौन रहेको काठमाडौँ बिश्वबिद्ध्यालयले समेत त्यसबारे मुख खोलेपछि समितिले अख्तियारको पदाधिकारीहरुलाई आइतबारको बैठकमा बोलाएको हो 

 अनसनरत डा.केसीले उठाएका विषयबस्तु र उनका मागबारे संसदमा छलफल हुनुपर्ने भन्दै सांसद गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । सोही विषयलाई लिएर सुशासन समितिको आजको बैठक बसेको हो ।

समितिको बैठकमा सदस्यहरुले अख्तियार र काठमाडौं विश्वविद्यालयबीच प्रवेश परीक्षामा मिलेमतो भएको आशंका गर्दै छानबिन गर्न माग समेत गरे । त्यस्तै नेपाली कांग्रेसका ध्रुव वाग्ले, तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद, सदभावना पार्टीका नरसिंह चौधरी लगायतले पनि वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गर्न माग गरेका छन् ।

आजको बैठकमा काठमाडौं विश्वविद्यालयका डिन, रजिष्ट्रार कानुनी सल्लाहकारहरुको सहभागीता रहेको थियो । यही बिषयमा आजको बैठकमा अख्तियारलाई नबोलाइएको भन्दै बिरोध समेत भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई