2026-11-01 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियार प्रमुख लोकमान सहित पदाधिकारीहरुलाई सुशासन समितिले बोलायो

साउन ७, काठमाडौं । काठमाडौं विश्वविद्यालयका पदाधिकारीले प्रवेश परीक्षामा अख्तियारले हस्तेक्षप गरेको बारे मुख खोलेपछि त्यस विषयमा संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सोधपुछ गर्ने भएको छ ।

आजको बैठकमा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार भोला थापाले प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बढेको स्वीकार गरेका थिए । यसैबीच समितिको बैठकले अख्तियार प्रमुख लोकमान सहित पदाधिकारीहरुलाई आतबारको बैठकमा उपस्थित हुन निर्देशन दिएको हो ।

समितिले सोधपुछ पछि वास्तविकता पत्ता लगाउन समिति गठन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका अनसनरत डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । सो विषयतमा मौन रहेको काठमाडौँ बिश्वबिद्ध्यालयले समेत त्यसबारे मुख खोलेपछि समितिले अख्तियारको पदाधिकारीहरुलाई आइतबारको बैठकमा बोलाएको हो ।

 अनसनरत डा.केसीले उठाएका विषयबस्तु र उनका मागबारे संसदमा छलफल हुनुपर्ने भन्दै सांसद गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । सोही विषयलाई लिएर सुशासन समितिको आजको बैठक बसेको हो ।

समितिको बैठकमा सदस्यहरुले अख्तियार र काठमाडौं विश्वविद्यालयबीच प्रवेश परीक्षामा मिलेमतो भएको आशंका गर्दै छानबिन गर्न माग समेत गरे । त्यस्तै नेपाली कांग्रेसका ध्रुव वाग्ले, तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद, सदभावना पार्टीका नरसिंह चौधरी लगायतले पनि वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गर्न माग गरेका छन् ।

आजको बैठकमा काठमाडौं विश्वविद्यालयका डिन, रजिष्ट्रार कानुनी सल्लाहकारहरुको सहभागीता रहेको थियो । यही बिषयमा आजको बैठकमा अख्तियारलाई नबोलाइएको भन्दै बिरोध समेत भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द