पढ्न करिब 1 मिनेट लाग्छ

साउन ७, काठमाडौं । नेपाली कांग्रेस, माओवादी र मधेसी मोर्चाले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेका छन् ।

आज बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले प्रधानमन्त्रीको राजीनामा समेत नमाग्ने र अविश्वासको प्रस्तावलाई प्रक्रियामा अघि बढाउन समेत माग गरेको छ । साथै सोहि बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिका लागि भन्दै राखेको प्रस्ताव समेत अस्वीकार गरेको छ ।

बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले प्रधानमन्त्रीले राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिन प्रस्ताव पेश गरेका थिए । तर आजको बैठकपछि कांग्रेसले नेता पौडेलको प्रस्ताव अस्विकार गर्दै अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएको छ ।

त्यस्तै बैठकमा कांग्रेस, माओवादी र मधेसी मोर्चाले बजेट आश्रति विधेयक नभइ सिधैं अविश्वासको प्रस्तावमाथि संसदमा पहिले छलफल हुनुपर्ने समेत निष्कर्ष निकालेको छ । बैठकमा एमालेले संसद बैठक अबरुद्ध गरि एमालेले गलत काम गरिरहेको निष्कर्ष निकालेको छ ।