असर १७, काठमाडौं | सामसुङले आफ्नो चार वटा स्मार्टफोनहरुको मूल्य कम गरेको छ ।

सामसुङ ग्यालेक्सी नोट १० लाइट

सामसुङले पहिले रु. ६७,५९९ रहेको ग्यालेक्सी नोट १० लाइटको मूल्य घटाएर रु. ५८,९९९ मूल्य तोकेको छ । पुरानो मूल्यमा ८,६०० छुट दिएको सामसुङले जनाएको छ । ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामेरा, 6.7" SAMOLED डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४,५००mAhब्याट्री र १ टीबीसम्म एक्स्पान्डेबल सुविधा सहित १२८ जीबी स्टोरेजरहेको छ ।

ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घट्यो

सामसुङले कम्पनीले ग्यालेक्सी ए७१ र ए५१ को पनि मूल्य घटाएको छ । अब ए७१ को मूल्य रु. ४९,९९९ कायम गरिएको छ । यसमा रहेको उत्कृष्ट 16.95cm (6.7") Infinity-O sAMOLED+डिस्प्लेले आकर्षक भिडियो क्वालिटी दिन्छ र साथै उत्कृष्ट ६४एमपी क्यामेराले तस्विरहरु जीवन्त खिच्छ ।

ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९

ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९ कायम गरिएको छ । ग्यालेक्सी ए५१ मा रहेको 16.40cm (6.5") Infinity-O sAMOLED डिस्प्लेमा आकर्षक भिडियो क्वालिटी देख्न सकिन्छ । साथै, द्धडःए त्तगबम क्यामेराबाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ ।

ग्यालेक्सी ट्याव ए१०.१ मा क्यासब्याक अफर

ग्यालेक्सी ट्याव ए१०.१ मा कम्पनीले रु. २,००० क्यासब्याक अफर ल्याएको छ जसकारण यसको मूल्य अब रु. ३२,२९९ कायम भएको छ । यसमा रहे को 25.54cm (10.1") FHD डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त रहेको छ ।

July 1, 2020
काठमाडौँ - KTM, सूचना प्रबिधि
सामसुङले चार वटा स्मार्टफोनको मूल्य घटायो (मूल्य सूचीसहित)
By साझासवाल
4 मिनेट पढाइ