साउन ८, दाङ । नेपाल मगर पत्रकार संघ दाङको प्रथम जिल्ला सम्मेलनले रेखा मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, दाङ । नेपाल मगर पत्रकार संघ दाङको प्रथम जिल्ला सम्मेलनले रेखा मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेक"/>
2026-06-27 01:51 PM
काठमाडौँ - KTM

मगर पत्रकार संघ दाङको नयाँ नेतृत्वमा रेखा मगर

साउन ८, दाङ । नेपाल मगर पत्रकार संघ दाङको प्रथम जिल्ला सम्मेलनले रेखा मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  

आज घोराहीमा सम्पन्न पहिलो सम्मेलनले मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा इरादा झाक्री मगर, सचिवमा शान्त कुमार वुढा मगर, सहसचिवमा मनु मगर, कोषाध्यक्षमा हिरासिंह राना सर्वसम्मत चयन हुनुभएको हो । 

यसैगरी सदस्यहरुमा मञ्जु रोका मगर, वसन्त घर्ती मगर, प्रकाश पुन मगर, विसर वुढा मगर, बविता पुन मगर र सुनिल पुन मगर चयन हुनुभएको छ । यसैगरी संघका सल्लाहकारहरुमा पत्रकार जेएन सागर, निमुसंगम घर्ती र देविका घर्ती मगर रहनुभएको छ ।  

संघका अध्यक्ष रेखा मगरको अध्यक्षता तथा नेपाल पत्रकार महाँसंघका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको प्रमुख आतिथ्यता एवं नेपाल मगर पत्रकार संघका केन्द्रिय सदस्य प्रेम राम्जा मगर, मगर पत्रकार संघका केन्द्रिय अनुशासन विभाग प्रमुख उदय जिएम, मगर संघ दाङका अध्यक्ष सितलाल पुन मगर र जिल्ला विकास समिति दाङका आदिवासी समन्य समितिका उपाध्यक्ष तुलसी राना मगरको विशेष आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो । 

सम्मेलनको उद्घाटन सत्रका सहभागीहरुले मगर पत्रकार संघले कलम र आवाजको माध्यमवाट सिंगो समाज र त्यसमा पनि मगर समुदायको उत्थानका लागी ध्यान दिनुपर्नेमा जोड दिएका छन । उनीहरुले पछिल्लो समय मगर पत्रकारहरु संगठित भएर काम गर्नु खुशीको कुरा भएको भन्दै आफ्नो पहिचान, भाष संस्कारका वारेमा कल चलाँउदै मगर समुदायको पहिचानलाइ वचाइराख्न आग्रह गरेका छन । 

यसैविच, नेपाल मगर पत्रकार संघ दाङले युबा बैज्ञानिक मार्शल रोका, महिला उद्यमी प्रेमकुमारी पुन र मिष्टर पपुलर अवार्ड जित्न सफल सौगात घर्ती मगरलाइ सम्मान गरेको छ । संघको घोराहीमा भएको प्रथम जिल्ला सम्मेलनका अवसरमा तीन जनालाइ सम्मान गरेको हो । 

रोका, पुन र घर्ती मगरले सफल र उदाहरणीय काम गर्दै मगर समुदायको पनि प्रतिष्ठा वढाएको भन्दै संघले सम्मान गरेको हो । उनीहरुलाइ प्रमाणपत्र टिका र खादा ओढाएर सम्मान गरिएको हो । सो अवसरमा युवा वैज्ञानिक रोकाले मगरपत्रकारले आफुहरुलाइ सम्झेर सम्मान गरेकोमा खुशी व्यःत्त गर्दै आयोजकलाइ धन्यवाद दिनुभएको थियो ।

सो अवसरमा नेकपा एमाले घोराही नगर कमिटकिा उपसचिव कैलाश रोका मगर, मधेशी जनअधिकार फोरमका जिल्ला सदस्य कुल वहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष जंग रोका, पत्रकारहरु जेएन सागर, निमुसंगम घर्ती र युवा वैज्ञानिक मार्शल रोका लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो । हिरा सिंह रानाको स्वागतवाट सुरु भएको सम्मेलनमा धन्यवाद ज्ञापन इरादा झाँक्रीले र सहजीकरण सचिव शान्तकुमार वुढा मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट