२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युटुवबाट पैसा कमाउनेहरुलाई फाइदा, ‘मिड रोल एड’मा नयाँ अपडेट

२०७७, २४ असार बुधबार ०४:३६

असार २४, काठमाडौँ | नेपालमा युटुवबाट पैसा कमाउनेको संख्या हजारौं छन्, जसबाट हजारौंले युटुवमा भिडियो हालेर आर्थिक मुनाफा कमाईरहेका छन् । 

युटुव विश्वकै नम्बर एक अनलाइन भिडियो सञ्जाल हो । यसमा करिब अरवौंले दैनिक भिडियो हेर्छन् । जसको हेराईबाट युटुवले पैसा कमाउँछ । त्यसैको प्रतिशत उत्पादले पाउँछ । नेपालमै पनि दैनिक कयौं युटुवमा भिडियो अपडेट गर्नेहरु छन् । जसले अपडेट गरेका कुरा प्रयोगकर्ताले हेर्दा त्यस भिडियोमा देखाउने बिज्ञापनबापत पैसा आर्जन हुन्छ । 

यसैबीचमा युटुवले प्रयोगकर्तालाई भिडियो हेर्ने सुविधा दिएबापत त्यसमा आउने बिज्ञापनले भिडियो उत्पादक तथा आफैलाई आर्थिक कमाई बाडफाड गर्छ । 

मिड रोल एडमा नयाँ अपडेट


युटुवको भिडियो हेर्दै जाँदा बीच/बीचमा आउने विज्ञापननै 'मिडरोल एड' हो । यस्तो विज्ञापन युटुब हेर्नेले १० मिनेट भन्दा बढीको भिडियोमा देख्न पाउँछन् । तर युटुवले यस्तो खाले विज्ञापनमा केहि अपडेट गरेको छ । यस अघि १० मिनेट भन्दा लामो विज्ञापनमा मात्र यस्तो एड देखाउन पाइन्थ्यो तर अब भने ८ मिनेट भन्दा बढीको भिडियोमा पनि यस्तो विज्ञापन देख्न पाइनेछ । यो नयाँ अपडेट २७ जुलाईदेखि लागु हुनेछ ।

युटुवको पछिल्लो अपडेटले भिडियो उत्पादकलाई थप कमाउने अवसर दिएको छ । मिडरोल एड १० मिनेट भन्दा बढीको भिडियोमा मात्र देखाउने हुँदा भिडियो बनाउनेले १० मिनेट भन्दा बढीको भिडियो बनाउन बाध्य हुनु पर्थ्यो तर अब भने ८ मिनेट बढीको भिडियोमा पनि त्यस्तो बिज्ञापन राख्न मिल्ने भएको छ । साथै यस अघि ८ देखि १० मिनेट भित्रको भिडियो कसैले बनाएका छन् भने उनीहरुले त्यसमा नयाँ नीति अनुसार मिडरोल एड थप्न वा हटाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ