2026-09-19 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ बर्षका किशोर ट्वीटरका ह्याकीङ मास्टर ! कसरी गरे ह्याक, कसरी पक्राउ परे ?

साउन १९, काठमाडौँ (एजेन्सीको सहयोगमा) | हालै Twitter मा अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याकीङ भयो । ह्याकीङका क्रममा कयौं हाई प्रोफाइल ट्वीटर प्रयोगकर्ताको एकाउन्ट ह्याक भयो । जसमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा, बिल गेट्स, एलन मस्क र र्यापर कायन वेस्टको एकाउन्ट समेत ह्याक गरियो । 

समाचार एजेन्सीहरुको रिपोर्टका अनुसार यो ह्याकीङको पछाडी एक १७ बर्षीय किशोरको हात छ । जसको नाम हो ग्राहम इवान क्लार्क । अमेरिकाको फ्लोरिडामा बस्ने यी किशोर हाई स्कूल ग्रेजुएट हुन् । यी किशोरलाई अहिले पक्राउ गरिएको छ र उनीविरुद्ध ३० मुद्दा लगाइएको छ । जसमा फ्रड, ह्याकीङ जस्ता मुद्दा रहेका छन् । ट्विटर ह्याकीङका क्रममा यिनै १७ बर्षीय किशोर मुख्य भूमिकामा सक्रिय रहेको बताइएको छ । उनको साथमा दुई जना अरु व्यक्ति पनि सामेल थिए । जसमा एक जना ब्रिटेनका मेसन जोन हुन्, जसको उमेर १९ बर्षको छ । त्यस्तै अर्का व्यक्ति निमा फजेली हुन्, जसको उमेर २२ बर्षको छ ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार ट्वीटर ह्याकीङ केसलाई लिएर काम गरिरहेका फ्लोरिडाका अटोर्नीले भने अनुसार ग्राहम क्लार्क यति अनुभवी थिए कि ट्विटरको आन्तरिक नेटवर्कमा पनि उनलाई कसैले नियन्त्रणमा लिन सकेन ।

क्लार्कले कसरी ट्विटरमा अहिलेसम्मकै ठूलो ह्याकीङ गरे ? 

हालै ट्विटरले एक स्टेटमेन्ट जारी गर्दै भनेको छ कि ट्विटरको उक्त ह्याकीङ स्पीयर फिसीङमार्फत गरिएको थियो । तीनै जनालाई नियन्त्रणमा लिएपछि ह्याकीङको लागि उनीहरुले एक तरिकाको फिशिङको तरिका अपनाएका थिए । जसलाई स्पीयर फिशिंग अट्याक भन्ने गरिन्छ ।

भनिएको छ कि ह्याकर क्लार्कले ट्विटरका कुनै कर्मचारीलाई कुनै तरिकाले यस्तो भरोसा दिलाए कि उनि ट्वीटरमै काम गर्ने कर्मचारी हुन् र टेक्नोलोजी डिपार्टमेन्टमा काम गर्दछन् ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार फ्लोरिडाका क्रिमिनल एफिडेविटमा भनिएको छ कि क्लार्कले आफैलाई टेक्नोलोजी डिपार्टमेन्ट का को-वर्कर बताएर कस्टमर सर्विस पोर्टलको ऐक्सेस हासिल गरेका थिए । त्यसपछि तीनै ह्याकर्सले मिलेर १३० एकाउन्ट्स ह्याक गरे र बिटक्वाईन स्क्याम गरे । 

क्लार्कले यस अघि पनि कयौं ह्याकीङ गरेका थिए र यसै कारण पनि परीक्षणमा सहभागी अधिकारीहरुले उनलाई ट्रयाक गरेका थिए । 

कसरी परे पक्राउ ? 

यी ह्याकरले यस अघि पनि कयौं ह्याकीङ गरेका थिए । कोर्ट डक्यूमेन्ट्सलाई उद्रिद गर्दै भनिएको छ कि ह्याकरहरुको प्लान केहि समयमु भाताभुंग भयो र यिनीहरुले आफ्नो सक्कली परीचयको हिन्ट छोडिदिए ।

यिनिहरुले बिटक्वाइन स्क्यामद्वारा हासिल गरेको पैसा लुकाउले क्रममा आफ्नो वास्तविक परिचयको ट्रेस छोडे र एजेन्सिहरुले यसैको सहायता लिएर तीनैजना ह्याकर्सलाई पक्राउ गर्न सफल भए । 

ह्याकर्स पक्राउ परेपछि ट्विटरले एक स्टेटमेन्ट जारी गर्यो । कम्पनीले ह्याकीङ केसको अनुसन्धानमा काम गरेकाहरुलाई तीब्र गतिमा यो केसको एक्सन लिएको भन्दै धन्यवाद दियो । कम्पनीले भन्यो ‘यो केसको लागि ट्विटर एजेन्सिसँग अगाडी पनि मिलेर काम गर्नेछ ।’ ट्विटरले भनेको छ, ‘हामी पारदर्शी हुन र लगातार अपडेट दिनको लागि केन्द्रित छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई