2026-11-02 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ बर्षका किशोर ट्वीटरका ह्याकीङ मास्टर ! कसरी गरे ह्याक, कसरी पक्राउ परे ?

साउन १९, काठमाडौँ (एजेन्सीको सहयोगमा) | हालै Twitter मा अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याकीङ भयो । ह्याकीङका क्रममा कयौं हाई प्रोफाइल ट्वीटर प्रयोगकर्ताको एकाउन्ट ह्याक भयो । जसमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा, बिल गेट्स, एलन मस्क र र्यापर कायन वेस्टको एकाउन्ट समेत ह्याक गरियो । 

समाचार एजेन्सीहरुको रिपोर्टका अनुसार यो ह्याकीङको पछाडी एक १७ बर्षीय किशोरको हात छ । जसको नाम हो ग्राहम इवान क्लार्क । अमेरिकाको फ्लोरिडामा बस्ने यी किशोर हाई स्कूल ग्रेजुएट हुन् । यी किशोरलाई अहिले पक्राउ गरिएको छ र उनीविरुद्ध ३० मुद्दा लगाइएको छ । जसमा फ्रड, ह्याकीङ जस्ता मुद्दा रहेका छन् । ट्विटर ह्याकीङका क्रममा यिनै १७ बर्षीय किशोर मुख्य भूमिकामा सक्रिय रहेको बताइएको छ । उनको साथमा दुई जना अरु व्यक्ति पनि सामेल थिए । जसमा एक जना ब्रिटेनका मेसन जोन हुन्, जसको उमेर १९ बर्षको छ । त्यस्तै अर्का व्यक्ति निमा फजेली हुन्, जसको उमेर २२ बर्षको छ ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार ट्वीटर ह्याकीङ केसलाई लिएर काम गरिरहेका फ्लोरिडाका अटोर्नीले भने अनुसार ग्राहम क्लार्क यति अनुभवी थिए कि ट्विटरको आन्तरिक नेटवर्कमा पनि उनलाई कसैले नियन्त्रणमा लिन सकेन ।

क्लार्कले कसरी ट्विटरमा अहिलेसम्मकै ठूलो ह्याकीङ गरे ? 

हालै ट्विटरले एक स्टेटमेन्ट जारी गर्दै भनेको छ कि ट्विटरको उक्त ह्याकीङ स्पीयर फिसीङमार्फत गरिएको थियो । तीनै जनालाई नियन्त्रणमा लिएपछि ह्याकीङको लागि उनीहरुले एक तरिकाको फिशिङको तरिका अपनाएका थिए । जसलाई स्पीयर फिशिंग अट्याक भन्ने गरिन्छ ।

भनिएको छ कि ह्याकर क्लार्कले ट्विटरका कुनै कर्मचारीलाई कुनै तरिकाले यस्तो भरोसा दिलाए कि उनि ट्वीटरमै काम गर्ने कर्मचारी हुन् र टेक्नोलोजी डिपार्टमेन्टमा काम गर्दछन् ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार फ्लोरिडाका क्रिमिनल एफिडेविटमा भनिएको छ कि क्लार्कले आफैलाई टेक्नोलोजी डिपार्टमेन्ट का को-वर्कर बताएर कस्टमर सर्विस पोर्टलको ऐक्सेस हासिल गरेका थिए । त्यसपछि तीनै ह्याकर्सले मिलेर १३० एकाउन्ट्स ह्याक गरे र बिटक्वाईन स्क्याम गरे । 

क्लार्कले यस अघि पनि कयौं ह्याकीङ गरेका थिए र यसै कारण पनि परीक्षणमा सहभागी अधिकारीहरुले उनलाई ट्रयाक गरेका थिए । 

कसरी परे पक्राउ ? 

यी ह्याकरले यस अघि पनि कयौं ह्याकीङ गरेका थिए । कोर्ट डक्यूमेन्ट्सलाई उद्रिद गर्दै भनिएको छ कि ह्याकरहरुको प्लान केहि समयमु भाताभुंग भयो र यिनीहरुले आफ्नो सक्कली परीचयको हिन्ट छोडिदिए ।

यिनिहरुले बिटक्वाइन स्क्यामद्वारा हासिल गरेको पैसा लुकाउले क्रममा आफ्नो वास्तविक परिचयको ट्रेस छोडे र एजेन्सिहरुले यसैको सहायता लिएर तीनैजना ह्याकर्सलाई पक्राउ गर्न सफल भए । 

ह्याकर्स पक्राउ परेपछि ट्विटरले एक स्टेटमेन्ट जारी गर्यो । कम्पनीले ह्याकीङ केसको अनुसन्धानमा काम गरेकाहरुलाई तीब्र गतिमा यो केसको एक्सन लिएको भन्दै धन्यवाद दियो । कम्पनीले भन्यो ‘यो केसको लागि ट्विटर एजेन्सिसँग अगाडी पनि मिलेर काम गर्नेछ ।’ ट्विटरले भनेको छ, ‘हामी पारदर्शी हुन र लगातार अपडेट दिनको लागि केन्द्रित छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द