साउन १३, मलेखु (धादिङ) । काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, मलेखु (धादिङ) । काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख "/>
2026-10-14 07:08 PM
धादिङ्ग - DHG

मिजारको हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

साउन १३, मलेखु (धादिङ) । काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई धादिङका अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन् । 

काभ्रेबाट अपहरण गरी ल्याएर हत्या गरिएका मिजारको लास धादिङको कुम्पुर–३ मलेखु नजिकै प्रतीक्षालयमा झुन्ड्याइएको अवस्थामा फेला परेको थियो । काभ्रे जिल्लाको बाउन्नकिलो निवासी कल्पना पराजुलीसँग प्रेमविवाह गरेपछि उमेर नपुगेर आफ्नो परिवारको जिम्मा लगाइएको लगत्तै दलित भएकै कारण अजितको हत्या गरिएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको हो ।

जिल्लामा क्रियाशील दलित सेवा सङ्घ, संयुक्त दलित सङ्घर्ष समिति, इन्सेक, संयुक्त दलित अधिकार मञ्च, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, दलित उत्थान तथा पैरवी मञ्च, दलित महिला सङ्घलगायत नौओटा सङ्घसंस्थाले प्रजिअ सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ । 

हत्या गरिएको प्रशस्त आधार हुँदाहुँदै आत्महत्या भन्ने प्रहरीले अनुसन्धानमा समेत ढिलाइ गरिरहेकाले सत्यतथ्य छानबिन गर्न, हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझेपछि प्रजिअ सुवेदीले घटना छानबिन भइरहेकाले आवश्यक परेको बखत अधिकारकर्मीसँग छलफल गर्ने बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने