2026-06-27 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा प्रख्यात एप ‘पेटीएम’ गुगलले प्ले स्टोरबाट हटायो

असोज २, काठमाडौँ | गुगलले प्ले स्टोरबाट भारतीय एप पेटीएम हटाएको छ । पेटीएमलाई प्ले स्टोरबाट हटाउनुको कारण  अनलाइन ग्याम्बलिङ (जुवा) को शर्तको उल्लङ्घन गरेको बिषय मानिएको छ ।  

पेटीएम भारतको एक प्रमुख एप हो र यसमा मासिक पाँच करोड सक्रिय प्रयोगकर्ता भएको दाबी गरिएको छ । 

'अनलाइन जुवा र अरु अनियमित ग्याम्बलिङ एप, जसले सट्टाबाजीलाई बढावा दिन्छ, तिनलाई प्ले स्टोरले रोक्छ र पेटीएमले लगातार प्ले स्टोरको नीतिको उल्लङ्घन गरिरहेको छ', गुगलले भनेको छ । 


पेटीएमले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा गुगल प्ले स्टोरमा नयाँ डाउनलोड र अपडेट्सका कारण एप उपलब्ध नभएको जनाएको छ । पेटीएमले एप चाँडै पुरानै अवस्थामा फर्किने र सबैको पैसा सुरक्षित रहेको जनाएको छ । 

नोभेम्बर २०१६ मा भारतमा नोटबन्दीको घोषणा हुँदा त्यो बेला पेटीएमको व्यापार अप्रत्याशित रुपमा माथि उठेको थियो । 

सन् २०१० मा यो कम्पनीको सुरुवात नगदरहित लेनदेनको विकल्पको रुपमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी