2026-11-02 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाद्वारा आइतबारदेखि टिकटक र विच्याटमाथि प्रतिबन्ध

असोज ३, काठमाडौं । आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।

राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ ।

वाणिज्य मन्त्री विल्बर रोसका अनुसार निश्चित सुरक्षाजन्य विधिहरु लागू गरेमा टिकटकचाहिँ चलाउन पाइनेछ ।

एक लिखित वक्तव्य जारी गर्दै मन्त्री रोसले भनेका छन्, ‘राष्ट्रपतिको निर्देशनअनुसार हामीले अमेरिकी नागरिकहरुका व्यक्तिगत डाटा संकलन गर्ने चिनियाँ खतरनाक एपहरुसँग जुध्न उल्लेखनीय कदम चालेका छौँ । यसले अमेरिकी नियम तथा कानूनहरुको कडाइपूर्वक कार्यान्वयन हुनुका साथै हाम्रो राष्ट्रिय मूल्यहरुका साथै प्रजातान्त्रिक नियममा आधारित मापदण्डहरुलाई प्रवद्र्धन गर्नेछ ।’

अमेरिकी सरकारका अनुसार उसको आदेश, जुन यसअघि गत अगष्टमा राष्ट्रपति ट्रम्पले घोषणा गरेका थिए, त्यसले अमेरिकी नागरिकका व्यक्तिगत डाटा संग्रहित गर्ने चिनियाँ खतरनाक कार्यसँग जुध्न सहयोग गर्नेछ ।

सरकारी आदेशले टिकटकको अमेरिकास्थित व्यवसाय खरीद गर्ने ओरेकल कम्पनीको हालैको सम्झौताप्रति समेत प्रश्न उठाएको छ । यद्यपि ओरेकल र टिकटकबीच भएको भनिएको खरीद–बिक्री सम्झौताको विस्तृत विवरण सार्वजनिक भैसकेको छैन ।

गत सोमबार ओरेकलले टिकटक खरीदको दौडमा आफूले जित हात पारेको खुलासा गरेको थियो । यद्यपि टिकटक खरीद गरेको हो वा स्वामित्व ग्रहण गरेको भन्नेबारे खुलाइएको छैन ।

१ करोड अमेरिकी टिकटक प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु टिकटकले दुरुपयोग गरेको र चिनियाँ सरकारको स्वार्थमा प्रयोग गरिएको आरोप अमेरिकाले लगाउने गरेको छ । तर टिकटकले भने अमेरिकी टिकटक प्रयोगकर्ताका डाटा चीनमा संग्रहित नहुने भन्दै प्रयोगकर्ताका डाटाहरु सरकारलाई नदिने प्रष्ट पारेको छ । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द