2026-11-02 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

असोज १२, क्यालिफोर्निया (रासस/एएनआई) । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ ।

गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो । 

शुरुमा सवै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।  

गुगलका एक प्रवक्ताले भन्नुभएको छ, विगतमा एक सय जनाभन्दा बढी मान्छेहरूसँग एकै पटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो, अब त्यसको समय सीमित गरिएको छ ।

उहाँले ‘गुगल मिट’ को अन्य सेवा तथा कार्यप्रणालीमा कुनै परिवर्तन भने नगरिएको र गरिएमा जानकारी गराउने पनि स्पष्ट पार्नुभएको छ । 

उहाँका अनुसार ‘गुगल मिट’ मा अहिले शैक्षिक उपभोक्ताहरूले २५० जनाभन्दा बढी सहभागी एकैपटक राखेर बैठक गर्न सकिने व्यवस्था गरिएको छ । 

त्यसैगरी एउटै डोमिनबाट एक लाखभन्दा बढीले हेर्न मिल्नेगरी प्रत्यक्ष प्रसारण गर्न मिल्ने र गुगल ड्राइभमा रेकर्ड गर्न पनि मिल्ने सेवा दिइने गुगलले जनाएको छ ।

यस्तो सेवा व्यवसायिक उपभोगक्ताहरूलाई मात्रै उपलब्ध हुने पनि गुगलले स्पष्ट पारेको छ । त्यसका लागि उपभोक्ताहरूले मासिक २५ डलर मात्रै तिरे पुग्ने गुगलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।   कोरोनाभाइरसको महामारीका कारण मानिसहरूले भौतिक भेटघाट गर्न नपाएपछि यस्तै माध्यमहरूको प्रयोग बढेको छ । अनलाईनमार्फत् बैठक तथा कार्यक्रमहरू गर्नका लागि गुगल मिट जस्तै जुम पनि लोकप्रिय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द