2026-11-02 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मध्यपहाडी लोकमार्गमा सहज सञ्चार सेवा पुर्याउँदै नेपाल टेलिकम

असोज १६, बलेवा । नेपाल टेलिकम बागलुङले पुष्पलाल मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि काम थालिएको छ । 

दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि नेपाल टेलिकमले बागलुङको निसीखोलामा टावर विस्तार गर्न थालिएको हो । बागलुङ, रुकुम र रोल्पाको सिमानामा पर्ने तिलाचन धुरीमा टावर निर्माणको काम थालिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार बागलुङको निसीखोला, रुकुमको भुमे र रोल्पाको सुनछहारी गाउँपालिकामा सहज सञ्चार सेवाका लागि टावर निर्माण गर्न थालिएको छ । टेलिकमको नेटर्वक नरहेका क्षेत्रमा निजी क्षेत्रका दूरसञ्चार प्रदायक कम्पनीको समेत पहुँच पुगेको छैन् । मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा समेत दूरसञ्चारको सञ्जाल नहुँदा पर्यटक र स्थानीयवासी मर्कामा पर्दै आएको थियो । सञ्चार सेवाबाट वञ्चित भएको उक्त क्षेत्रमा टावर सञ्चालनमा आउने भएपछि स्थानीयवासी खुशी भएका छन् । 

निसीखोला–६ स्थित तिलाचनको धुरी सामुन्द्रिक सतहबाट अन्दाजी तीन हजार ४ सय ८६ मिटरको उचाइमा पर्छ । “मूल सडक आसपास मोवाइलमा फोन नलाग्ने समस्या थियो”, गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भन्नुभयो,  “टेलिकमको टावर बनेपछि जनजीवन सहज बन्छ ।” झण्डै रु एक करोडको लागतमा ‘फोर जी’ सुविधासहितको टावर निर्माण गर्न लागिएको प्रमुख शर्माले जानकारी दिनुभयो । सौर्य उर्जाको उपयोग गर्न सकिने गरी निर्माण हुन लागेको टावर आगामी मंसिरसम्ममा सञ्चालनमा ल्याउने तयारी भैरहेको उहाँको भनाइ छ । “हिउँ पर्नु पूर्व नै सेवा सञ्चालनमा आउँछ”, प्रमुख शर्माले भन्नुभयोे, “भवन निर्माण र उपकरण धुरीसम्म पु¥याउने काम शुरु भैसकेको छ ।” 

झण्डै एक वर्ष अघिदेखि नै तिलाचन धुरीमा टावर निर्माणको प्रयास भएपनि तीन जिल्लाको सीमा विवादका कारण जग्गा प्राप्ति हुन नसक्दा काम रोकिएको थियो । “अहिले गाउँपालिकामार्फत सरकारी जग्गा प्राप्त भएपछि नेपाल टेलिकमले टावर निर्माण शुरु गरेको छ”, उहाँले भन्नुभयो, “निसीखोलामै पर्ने गरी टावर निर्माण हुन्छ ।” टावर सञ्चालनमा आएपछि ढोरपाटन घुम्न जाने पर्यटकका लागि ‘फोर जी’सहितको सञ्चार सेवा उपलव्ध हुने गाउँपालिकाका अध्यक्ष पौडेलले  बताउनुभयो । तीन जिल्लाका तीनवटै गाउँपालिकामा सहज सञ्चार पुग्ने गरी टावरमा निर्माण भइरहेको बताइएको छ । 

यस्तै, नेपाल टेलिकमले गलकोट नगरपालिका–९ देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति गरेको छ । टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल डाटा सहजै उपलब्ध गराउने उद्देश्यले बिहिबारदेखि तेस्रो पुस्ताको थ्री जी सेवा विस्तार शुरु गरेको प्रमुख शर्माको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द