2026-09-13 12:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मध्यपहाडी लोकमार्गमा सहज सञ्चार सेवा पुर्याउँदै नेपाल टेलिकम

असोज १६, बलेवा । नेपाल टेलिकम बागलुङले पुष्पलाल मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि काम थालिएको छ । 

दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि नेपाल टेलिकमले बागलुङको निसीखोलामा टावर विस्तार गर्न थालिएको हो । बागलुङ, रुकुम र रोल्पाको सिमानामा पर्ने तिलाचन धुरीमा टावर निर्माणको काम थालिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार बागलुङको निसीखोला, रुकुमको भुमे र रोल्पाको सुनछहारी गाउँपालिकामा सहज सञ्चार सेवाका लागि टावर निर्माण गर्न थालिएको छ । टेलिकमको नेटर्वक नरहेका क्षेत्रमा निजी क्षेत्रका दूरसञ्चार प्रदायक कम्पनीको समेत पहुँच पुगेको छैन् । मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा समेत दूरसञ्चारको सञ्जाल नहुँदा पर्यटक र स्थानीयवासी मर्कामा पर्दै आएको थियो । सञ्चार सेवाबाट वञ्चित भएको उक्त क्षेत्रमा टावर सञ्चालनमा आउने भएपछि स्थानीयवासी खुशी भएका छन् । 

निसीखोला–६ स्थित तिलाचनको धुरी सामुन्द्रिक सतहबाट अन्दाजी तीन हजार ४ सय ८६ मिटरको उचाइमा पर्छ । “मूल सडक आसपास मोवाइलमा फोन नलाग्ने समस्या थियो”, गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भन्नुभयो,  “टेलिकमको टावर बनेपछि जनजीवन सहज बन्छ ।” झण्डै रु एक करोडको लागतमा ‘फोर जी’ सुविधासहितको टावर निर्माण गर्न लागिएको प्रमुख शर्माले जानकारी दिनुभयो । सौर्य उर्जाको उपयोग गर्न सकिने गरी निर्माण हुन लागेको टावर आगामी मंसिरसम्ममा सञ्चालनमा ल्याउने तयारी भैरहेको उहाँको भनाइ छ । “हिउँ पर्नु पूर्व नै सेवा सञ्चालनमा आउँछ”, प्रमुख शर्माले भन्नुभयोे, “भवन निर्माण र उपकरण धुरीसम्म पु¥याउने काम शुरु भैसकेको छ ।” 

झण्डै एक वर्ष अघिदेखि नै तिलाचन धुरीमा टावर निर्माणको प्रयास भएपनि तीन जिल्लाको सीमा विवादका कारण जग्गा प्राप्ति हुन नसक्दा काम रोकिएको थियो । “अहिले गाउँपालिकामार्फत सरकारी जग्गा प्राप्त भएपछि नेपाल टेलिकमले टावर निर्माण शुरु गरेको छ”, उहाँले भन्नुभयो, “निसीखोलामै पर्ने गरी टावर निर्माण हुन्छ ।” टावर सञ्चालनमा आएपछि ढोरपाटन घुम्न जाने पर्यटकका लागि ‘फोर जी’सहितको सञ्चार सेवा उपलव्ध हुने गाउँपालिकाका अध्यक्ष पौडेलले  बताउनुभयो । तीन जिल्लाका तीनवटै गाउँपालिकामा सहज सञ्चार पुग्ने गरी टावरमा निर्माण भइरहेको बताइएको छ । 

यस्तै, नेपाल टेलिकमले गलकोट नगरपालिका–९ देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति गरेको छ । टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल डाटा सहजै उपलब्ध गराउने उद्देश्यले बिहिबारदेखि तेस्रो पुस्ताको थ्री जी सेवा विस्तार शुरु गरेको प्रमुख शर्माको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले