2026-11-02 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलले ल्यायो दसैंतिहार लक्षित उपहार योजना

असोज १८, काठमाडौं । एनसेल आजियाटाले दसैं, तिहार र छठलाई लक्षित गर्दै भ्वाइस सेवाका ग्राहकका लागि उपहार योजना ल्याएको छ। कम्पनीले कुरै कुरामा उपहार योजना ल्याउँदै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरेर आकर्षक पुरस्कार पाउने जनाएको छ।

दैनिक, साप्ताहिक र बम्पर उपहार दिने कम्पनीले जनाएको छ। प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यति नै धेरै उपहार जित्ने मौका पाउनेछन्। आइतबारदेखि लागू भएको यो योजना मंसिर १३ गतेसम्म कायम रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

योजनामा सहभागी हुन १७१०७ मा डायल गरी सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउने छन्। तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउने र  उपहार जित्न योग्य हुने कम्पनीले जनाएको छ।

निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई दुई सय रुपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० पाउने कम्पनीले जनाएको छ। कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले कोरोना महामारीले आफन्तलाई टाढा राखेको बताउँदै त्यही अवस्थालाई मध्यनजर गरेर आकर्षक पुरस्कार योजना ल्याएको बताए।

योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरुमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन सय जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दैनिक उपहार अन्तर्गत ग्राहकले दुई सय बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। कम्पनीका अनुसार यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन सक्नेछन्।

साप्ताहिक उपहारमा साता भरी धेरै कुरा गर्ने ग्राहकहरु मध्ये सातै प्रदेशका १/१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिने कम्पनीले जनाएको छ। प्रत्येक भाग्यशाली ग्राहकले सामसङ ग्यालेक्सी एम ०१ एस ह्याण्डसेट उपहार पाउने छन्।

योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले सामसङ ग्यालेक्सी नोट २० पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द