2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्ल्डलिंक कम्युनिकेशन्स र फेसबुकबीच सहकार्यः देशभरी निशुल्क एक्सप्रेस वाईफाइ दिइने

असोज २२, काठमाडौँ | नेपालका इन्टर्नेट प्रयोगकर्तालाई खुशीको खबरः फेसबुक सहकार्यमा वल्र्डलिंकले ७ हजार ५ सय ठाँउमा फ्रि इन्टर्नेट सेवा दिने ।

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुक बीच नेपाली इन्टरनेट  प्रयोगकर्ता लाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने सहकार्य भएको छ । वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकको सहकार्यमा सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि पब्लिक वाईफाई उपलब्ध गराउने भएको छ ।

वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले बिहीवार जुम मार्फत पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी गराएका छन् । सो पत्रकार सम्मेलनमा वल्र्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभरी सार्वजनिक वाईफाई सेवा उपलब्ध गराउने जानकारी गराए ।

पत्रकार सम्मेलनमा दुबै कम्पनीले सहकार्य गरेको घोषणा समेत गरेका छन् ।

एक्सप्रेस वाईफाई प्लेटफर्म अन्तरगत अहिले वल्र्डलिंकले देशभर उपलब्ध गराएको १० हजार भन्दा बढि सार्वजनिक फ्रि वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलिप अग्रवालले जानकारी गराए । 

कार्यक्रममा अध्यक्ष अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ,’

आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज उनको तर्क थियो ।

पत्रकारले गरेको एक प्रश्नको उत्तर दिदैं अध्यक्ष अग्रवालले भने, यूजर्ससँग रकम लिने छेनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने छ । 

अध्यक्ष अग्रवालका अनुसार, एक्सप्रेस वाईफाई प्लेटफर्मले वल्र्डलिंकको सार्वजनिक वाइफाइ सेवा सुधार गरेर, दुरुस्त, भरपर्दाे र किफायती इन्टर्नेट सेवाको साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिने हाम्रो दृष्टिकोणमा उच्च योगदान गर्ने विश्वास व्यक्त गरे ।

यस सहकार्यले देश भरीका अल्पसंख्यक, विपन्न वर्गलाई पनि इन्टरनेट सेवाको पहँुच नजिक पुरयाउने आशा व्यक्त गरे ।

पत्रकार सम्मेलनमा सहभागि भएका फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले भने, “रोजगार, शिक्षा, स्वास्थ्यसेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो । एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ, वल्र्डलिंक नेपालमा आफ्नो वाइफाइ कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वल्र्डलिंकसँग निरन्तर साझेदारीको लागि तत्पर छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई