2026-11-02 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली विद्यार्थीले जिते खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई अवार्ड

कात्तिक ८, काठमाडौं । विद्यालयस्तरको खगोल विज्ञानसम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले दुई वटा अवार्ड हात पारेको छ ।

यस वर्ष सञ्चालित ‘ग्लोबल ई–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’मा नेपालका लागि सेन्ट जेभियर्स कलेज माइतिघरका राहुल रञ्जन साह र क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर कोटेश्वरका अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन् ।

नेपालका तर्फबाट सुरेश भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा नेपाल एष्ट्रोनोमिकल सोसाईटीको तर्फबाट मेन्टरका रुपमा संस्थाका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल र अंकित वेन्जु श्रेष्ठ सामिल थिए ।

असोज ९ गते सुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कार्तिक ७ गते समापन गरिएको थियो । व्यक्तिगत तथा सामुहिक गरी दुई विधामा संचालित प्रतियोगितामा नेपालले व्यक्तितर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बाढीले भाग लिएका थिए ।

नेपालबाट सातौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थी प्रतियोगितामा सहभागी गराइएको हो ।

कोभिड–१९ को कारण कोलोम्बियामा हुने भनिएको चौधौं इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् २०२१ का लागि सारिएसँगै यस वर्ष विद्यार्थीहरुको मनोबल उच्च राख्न तथा यो विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्थरको गतिविधि कायम गर्ने प्रयास स्वरुप ईन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्सको संचालक समितिले ईस्टोनियाको सरकार तथा विज्ञहरूको अनलाइन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो ।

राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा अध्ययनरत कक्षा ८ देखि १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीहरुका लागि संचालित एक प्रतिभा पहिचान कार्यक्रम हो । सन् २०१४ देखि नेपालमा संचालित यस प्रतियोगितामा सामेल विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक तथा अवार्ड प्राप्त गरेर देशभित्र र बाहिर उच्चस्तरीय विश्वविद्यालय तथा क्याम्पसमा भर्ना भई उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

अब आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन छिटै खोलिने बताइएको छ । आवेदन तथा थप जानकारी www.nepalastronomicalsociety.org/olympiad मा छिट्टै उपलब्ध हुने नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द