<p><b>कार्तिक २८, काठमाडौँ |</b> गुगलले फोटोको ‘फ्रि स्टोरेज’ सुविधा हटाउने भएको छ | गुगल फोटोले अर्को वर्षको जुन १ देखि उच्च फोटोहरुका लागि फ्रि स्टोरेज सुविधा नदिने भएको हो | </p><p>पाँच वर्षअघि गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको थियो | जसमा फ्रि स्टोरेज सुविधा थियो र प्रयोगकर्ताले जति पनि फोटोहरु खिचेर राख्न सक्थे | गुगल फोटोमा हालसम्म करिब ४ ट्रिलियन फोटो रहेको गुगलले जनाएको छ | </p><p>हरेक हप्ता यसमा २८ बिलियन फोटो र भिडियो अपलोड हुने गरेका छन् | गुगलको उक्त नियम पछि ती फोटो र भिडियो राख्नको लागि सिमित स्टोरेज मात्र हुनेछ | २०२१ जुन १ पछि भने गुगलले प्रयोगकर्ताको स्टोरेज फूल हुन लागेमा अगाडि नै सूचित गर्ने जनाएको छ |</p><p>गुगलका अनुसार फोटो १५ जिबी स्टोरेज भन्दा बढी ठाँउ चाहिने प्रयोगकर्तालेको लागि ‘गुगल वान’को सशुल्क सदस्यताको विकल्प समेत रहेको छ |</p>
November 13, 2020
काठमाडौँ - KTM, सूचना प्रबिधि
अब गुगल फोटोले ‘फ्रि स्टोरेज’ सुविधा नदिने,हट्ने भए फोटोहरु
By kit
2 मिनेट पढाइ










