2026-09-19 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पलले बिग्रिएका आइफोनको निशुल्क मर्मत गरिदिने

मंसिर २२, काठमाडौँ | एप्पलले आफ्ना नयाँ आइफोनमा फेरि अर्को समस्या देखा परेको बताएको छ | एप्पलले आफ्ना आइफोन ११ को नयाँ उत्पादनका डिस्प्लेमा समस्या देखिएको स्वीकार गरेको अमेरिकी म्यागजिन फोर्ब्सले जनाएको छ |

एप्पलको आइफोन १२ मा धेरै समस्या देखिएको गुनासो आएपछि एप्पलले ती बिग्रिएको आइफोनहरू साटिदिने घोषणा गरेको छ | कम्पनीका अनुसार,यी उपकरण नोभेम्बर २०१९ र मे २०२० को बीचमा उत्पादन गरिएको कम्पनीको भनाइ छ |

आइफोन १२ मा डिस्प्ले हरियो हुने, सिग्नल नदिने र ब्याट्री चाँडै सकिने जस्ता समस्याहरू प्रयोगकर्ताहरुले भोगिरहेका छन् | यदि कसैको नयाँ आइफोन ११ मा डिस्प्लेको समस्या आएको छ भने ती व्यक्तिले एप्पलको रिप्लेस्मेन्ट प्रोग्राम पेजमा गई आफ्नो आइफोनको सिरियल नम्बर लेख्न सकिने जनाइएको छ |

त्यस्तै कम्पनीका अनुसार,ती आइफोन फेरि बनाउन मिल्छ वा मिल्दैन भनेर थाहा पाउन सकिने छ | जसअनुसार बिग्रिएका आइफोन ११ एप्पलको आधिकारिक सेवा प्रदायक, रिटेल स्टोर वा कम्पनीको मेलइन मर्मत सेवाबाट मर्मत गर्न सक्नेछन् | 

एप्पलले कसैको स्क्रिन टुटेको छ भने त्यसको जिम्मा भने कम्पनीले नलिने बताएको छ | टुटेको स्क्रिन मर्मतमा हुने खर्च भने  प्रयोगकर्ताले नै बेहोर्नु पर्ने छ | स्क्रिन टुट्ने समस्या डिस्प्लेमा आएको खराबीकै कारण भएको हो भने प्रयोगकर्ताले गरेको भुक्तानी फिर्ता हुने एप्पलले बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई