2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

December 16, 2020

पुस १, काठमाडौँ | सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो । 

विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ । डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन् । 

उनका अनुसार विदेशी ब्रोडकास्टले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसक्दा तथा आएका उपकरणसमेत करीब एक महिनाभन्दा बढी भन्सार कार्यालयमा रोकिँदा च्यानल पुनः सञ्चालनमा आउन समय लागेको हो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते