2026-11-02 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलको ‘सहयात्री सिम’ : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

फागुन १८, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखेर विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यस सिममा समेटिएका एनसेलले जनाएकाे छ । 

यो सिम योजना शुक्रवार (फागुन १४) बाट सञ्चालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत यो योजना ल्याएको हो । 

सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्याउनु रहेको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका रहेका एनसेलले जनाएकाे छ । 

यो सिम ग्राहकले करसहित मात्र ९९ मा रुपैयाँमा लिन सक्छन् र सिमसँगै २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ ।

पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफू रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ सेवाग्राहकले भारत, कतार, यूएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् । 

यस योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्ने एनसेलले जनाएकाे छ । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ ।

साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर करबाहेक १.९९ रुपैयाँ प्रति मिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यी विशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम एक उत्तम सेवा भएको एनसेलको दाबी छ।

यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जबसप प्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् । यो सिम सुचारु गरको दोस्रो दिनको मध्यरातसम्ममा गरेको १०० रुपैयाँभन्दा माथिको पहिलो रिचार्जमा ग्राहकले बोनस टक टाइम र डेटा प्राप्त गर्ने एनसेलले जनाएको छ । 

ग्राहकले प्रत्येक रिचार्जमा १२ महिनासम्म प्राप्त गर्ने १० प्रतिशत बोनसबाट पेएजयूगो अन्तर्गत सेवा प्रयोग गर्न सक्छन् । बोनस प्रयोग गर्ने समयावधि ७ दिन रहेको छ । यो सिमबाट ग्राहकले आफ्नो मेन ब्यालेन्स कम भएको अवस्थामा पनि मलेशिया, कतार, यूएई, साउदी अरब, भारत, जापान, दक्षिण कोरिया वा बहराइनमा रहेका आफ्ना परिवारका सदस्यको नम्बरमा मिस्ड कल दिन सक्ने एनसेलले जनाएकाे छ । साथै यो सिम सुचारु गर्ने ग्राहकले ‘कल आयो पैसा पायो’ योजनामा निःशुल्क सहभागी हुँदै हरेक अन्तर्राष्ट्रिय आगमन कलमा बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

यो योजना एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द