2026-11-02 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युटुवबाट कमाई गरिराखेकाहरुलाई २४ प्रतिशत कर लाग्ने !

फागुन २६, काठमाडौँ | अमेरिका बाहेक विश्वभर युटुव मार्फत कमाई गरिराखेकाहरुले जुन २०२१ देखि २४ प्रतिशतसम्म कर तिर्नुपर्ने भएको छ । कर तिराउने सम्बन्धमा अबको केहि सातामै गुगलमार्फत कमाई गरिराखेकाहरुले कर सम्बन्धि जानकारी पठाउनु पर्ने गुगलले जनाएको छ । 

गुगलले आफ्नो कर सम्बन्धि जानकारी पठाउनेहरुको भने एडसिन्स एकाउन्टबाट अमेरिकी प्रयोगकर्ता बाहेक अन्य देश मार्फत भएको कमाई कर अन्तर्गत नकाट्ने स्पष्ट पारेको छ । अन्यथा आगामी मे ३१ देखि गुगलमा जति कमाई गरेको छ, २४ प्रतिशत कर काटेर मात्र गुगलले पैसा दिने जनाएको छ । 

अब के गर्ने ? 

गुगलका अनुसार अबको केहि साता भित्रै तपाइँहरुलाई एडसिन्समा आफ्नो कर जानकारी पठाउन एक इमेल प्राप्त हुनेछ । ६ चरणमा कर प्रणालीको प्रश्नहरुको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

किन यस्तो ?

गुगलले अमेरिकी कर मार्फत लिने राजश्व कोड ३ अनुसार यो नीति लागु गर्न लागेको जनाएको छ । यो नीतिसंगै अमेरिका बाहिरबाट गुगल मार्फत कमाई गरिराखेकाहरुबाट कर जानकारी संकलन गर्ने र केहि उदाहरणहरुमा कर कटौती गर्नेछ । जसको कारण अमेरिकाबाट हेर्ने दर्शकहरुबाट हुने आम्दानीमा कर काटिनेछ । गुगलले भनेको छ ‘संयुक्त राज्य अमेरिका बाहिरका सिर्जनाकर्ताहरूको लागि, हामी चाँडै नै हाम्रो सेवा सर्तहरू अपडेट गर्नेछौं । जहाँ तपाईंको युट्युबबाट हुने कमाईलाई संयुक्त राज्य अमेरिकाको कर परिप्रेक्ष्यबाट रोयल्टी मानिनेछ । यसले तपाईंको आयलाई भुक्तानी गर्ने तरीकामा असर पर्न सक्छ, र संयुक्त राज्य अमेरिका कानूनद्वारा आवश्यक अनुसार गुगलले करहरू घटाउनेछ ।’ 

कमाई घट्छ ? 

यदि तपाइँलाई गुगलले अबको केहि सातामा पठाएको इमेल अनुसार आफ्नो कर विवरण पेश गर्नुहुन्छ भने, अमेरिकी प्रयोगकर्ताले तपाइँको सृजनाहरु हेर्दा तपाइँले कमाउने कमाईको करहरू मात्र एडसिन्सबाट काटिनेछ । गुगलका अनुसार गुगल विज्ञापन दृश्यहरू, युट्युब प्रीमियम, सुपर च्याट, सुपर स्टिकरहरू र च्यानल सदस्यताहरू मार्फत संयुक्त राज्य अमेरिकामा दर्शकहरुद्वारा कमाएको राजस्व कर अन्तर्गत काटिनेछ । यदि तपाइँले गुगललाई कुनै कर जानकारी प्रदान गर्नु भएन भने, तपाईंको करदर उच्च व्यक्तिगत ब्याकअप होल्डिंग दर विश्वव्यापी कुल आयको २४% हुनेछ । यसको मतलब तपाइँले १ लाख कमाउनु भएको छ भने ७६ हजार मात्र पाउनुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द