2026-06-27 07:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युटुवबाट कमाई गरिराखेकाहरुलाई २४ प्रतिशत कर लाग्ने !

फागुन २६, काठमाडौँ | अमेरिका बाहेक विश्वभर युटुव मार्फत कमाई गरिराखेकाहरुले जुन २०२१ देखि २४ प्रतिशतसम्म कर तिर्नुपर्ने भएको छ । कर तिराउने सम्बन्धमा अबको केहि सातामै गुगलमार्फत कमाई गरिराखेकाहरुले कर सम्बन्धि जानकारी पठाउनु पर्ने गुगलले जनाएको छ । 

गुगलले आफ्नो कर सम्बन्धि जानकारी पठाउनेहरुको भने एडसिन्स एकाउन्टबाट अमेरिकी प्रयोगकर्ता बाहेक अन्य देश मार्फत भएको कमाई कर अन्तर्गत नकाट्ने स्पष्ट पारेको छ । अन्यथा आगामी मे ३१ देखि गुगलमा जति कमाई गरेको छ, २४ प्रतिशत कर काटेर मात्र गुगलले पैसा दिने जनाएको छ । 


अब के गर्ने ? 

गुगलका अनुसार अबको केहि साता भित्रै तपाइँहरुलाई एडसिन्समा आफ्नो कर जानकारी पठाउन एक इमेल प्राप्त हुनेछ । ६ चरणमा कर प्रणालीको प्रश्नहरुको प्रक्रिया पुरा गर्नुपर्नेछ ।

किन यस्तो ?

गुगलले अमेरिकी कर मार्फत लिने राजश्व कोड ३ अनुसार यो नीति लागु गर्न लागेको जनाएको छ । यो नीतिसंगै अमेरिका बाहिरबाट गुगल मार्फत कमाई गरिराखेकाहरुबाट कर जानकारी संकलन गर्ने र केहि उदाहरणहरुमा कर कटौती गर्नेछ । जसको कारण अमेरिकाबाट हेर्ने दर्शकहरुबाट हुने आम्दानीमा कर काटिनेछ । गुगलले भनेको छ 'संयुक्त राज्य अमेरिका बाहिरका सिर्जनाकर्ताहरूको लागि, हामी चाँडै नै हाम्रो सेवा सर्तहरू अपडेट गर्नेछौं । जहाँ तपाईंको युट्युबबाट हुने कमाईलाई संयुक्त राज्य अमेरिकाको कर परिप्रेक्ष्यबाट रोयल्टी मानिनेछ । यसले तपाईंको आयलाई भुक्तानी गर्ने तरीकामा असर पर्न सक्छ, र संयुक्त राज्य अमेरिका कानूनद्वारा आवश्यक अनुसार गुगलले करहरू घटाउनेछ ।' 

कमाई घट्छ ? 

यदि तपाइँलाई गुगलले अबको केहि सातामा पठाएको इमेल अनुसार आफ्नो कर विवरण पेश गर्नुहुन्छ भने, अमेरिकी प्रयोगकर्ताले तपाइँको सृजनाहरु हेर्दा तपाइँले कमाउने कमाईको करहरू मात्र एडसिन्सबाट काटिनेछ । गुगलका अनुसार गुगल विज्ञापन दृश्यहरू, युट्युब प्रीमियम, सुपर च्याट, सुपर स्टिकरहरू र च्यानल सदस्यताहरू मार्फत संयुक्त राज्य अमेरिकामा दर्शकहरुद्वारा कमाएको राजस्व कर अन्तर्गत काटिनेछ । यदि तपाइँले गुगललाई कुनै कर जानकारी प्रदान गर्नु भएन भने, तपाईंको करदर उच्च व्यक्तिगत ब्याकअप होल्डिंग दर विश्वव्यापी कुल आयको २४% हुनेछ । यसको मतलब तपाइँले १ लाख कमाउनु भएको छ भने ७६ हजार मात्र पाउनुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी