2026-09-19 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनका लागि योजना तय

चैत ४, काठमाडौँ । राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । उक्त नीति मन्त्रिपरिषद्को भदौ २६ गतेको बैठकले पारित गरेको थियो । 

परिषद्का अध्यक्ष एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न बैठकले वैज्ञानिक चेतना अभिवृद्धि गर्न र अन्धविश्वास तथा कुरीति हटाउन सामाजिक सञ्जालको प्रयोगमा जोड दिइएको छ । वृत्तचित्र तथा रेडियो कार्यक्रम, सडक नाटकजस्ता कार्यक्रम सञ्चालन गर्ने, राजनीतिक, सञ्चार क्षेत्र, उद्योग व्यवसाय र प्राज्ञिक क्षेत्रका उच्च तहका नेतृत्वलाई एउटा मञ्चमा ल्याई विज्ञान प्रविधिलाई प्राथमिकता दिन वर्षमा दुई पटक उच्चस्तरीय छलफल गर्नेलगायतका कार्ययोजना तय गरेको हो । उक्त कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

यस्तै मौलिक तथा परम्परागत ज्ञान र प्रविधिको प्रवद्र्धन, विद्यालयमा वैज्ञानिक सिकाइ विधि र विज्ञान शिक्षाको सुदृढीकरण, व्यवसायीकरणतर्फ विद्यार्थीको आकर्षण वृद्धि गर्न विद्यालयस्तरदेखि नै प्रारम्भिक सीपमूलक तालीम सञ्चालन गर्ने र अनुसन्धान विकास कार्यको प्रभावकारिता अभिवृद्धि गर्नेलगायत छन् ।

बैठकमा मन्त्री श्रेष्ठले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको महत्व हुने अहं हुने भएकाले प्रस्तावित कार्ययोजनालाई कार्यान्वयनमा सम्बद्ध सबै मन्त्रालय र निकायको सहयोग आवश्वक रहेको बताउनुभयो । उहाँले सरकारले शिक्षा, विज्ञान र प्रविधिलाई सधैँ प्राथमिकता दिने र यसलाई प्रदेश र स्थानीय तहसम्म कार्यान्वयनमा लान आवश्यक रहेकामा जोड दिनुभयो । 

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले यस क्षेत्रमा लगानी वृद्धिका साथै कार्यान्वयनका लागि क्षमतावृद्धि पनि सँगै गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव डा सञ्जय शर्माले परिषद्को अघिल्लो बैठकले दिएको कार्यादेशअनुसार एक हजारभन्दा बढी सरोकार भएका पक्षसँगको छलफलका आधारमा कार्ययोजना तयार गरिएको जनाउनुभयो । नीतिमा मन्त्रीको अध्यक्षतामा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका सचिव सम्मिलित २१ सदस्यीय परिषद् गठनको प्रबन्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई