2026-11-01 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनका लागि योजना तय

चैत ४, काठमाडौँ । राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । उक्त नीति मन्त्रिपरिषद्को भदौ २६ गतेको बैठकले पारित गरेको थियो । 

परिषद्का अध्यक्ष एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न बैठकले वैज्ञानिक चेतना अभिवृद्धि गर्न र अन्धविश्वास तथा कुरीति हटाउन सामाजिक सञ्जालको प्रयोगमा जोड दिइएको छ । वृत्तचित्र तथा रेडियो कार्यक्रम, सडक नाटकजस्ता कार्यक्रम सञ्चालन गर्ने, राजनीतिक, सञ्चार क्षेत्र, उद्योग व्यवसाय र प्राज्ञिक क्षेत्रका उच्च तहका नेतृत्वलाई एउटा मञ्चमा ल्याई विज्ञान प्रविधिलाई प्राथमिकता दिन वर्षमा दुई पटक उच्चस्तरीय छलफल गर्नेलगायतका कार्ययोजना तय गरेको हो । उक्त कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

यस्तै मौलिक तथा परम्परागत ज्ञान र प्रविधिको प्रवद्र्धन, विद्यालयमा वैज्ञानिक सिकाइ विधि र विज्ञान शिक्षाको सुदृढीकरण, व्यवसायीकरणतर्फ विद्यार्थीको आकर्षण वृद्धि गर्न विद्यालयस्तरदेखि नै प्रारम्भिक सीपमूलक तालीम सञ्चालन गर्ने र अनुसन्धान विकास कार्यको प्रभावकारिता अभिवृद्धि गर्नेलगायत छन् ।

बैठकमा मन्त्री श्रेष्ठले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको महत्व हुने अहं हुने भएकाले प्रस्तावित कार्ययोजनालाई कार्यान्वयनमा सम्बद्ध सबै मन्त्रालय र निकायको सहयोग आवश्वक रहेको बताउनुभयो । उहाँले सरकारले शिक्षा, विज्ञान र प्रविधिलाई सधैँ प्राथमिकता दिने र यसलाई प्रदेश र स्थानीय तहसम्म कार्यान्वयनमा लान आवश्यक रहेकामा जोड दिनुभयो । 

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले यस क्षेत्रमा लगानी वृद्धिका साथै कार्यान्वयनका लागि क्षमतावृद्धि पनि सँगै गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव डा सञ्जय शर्माले परिषद्को अघिल्लो बैठकले दिएको कार्यादेशअनुसार एक हजारभन्दा बढी सरोकार भएका पक्षसँगको छलफलका आधारमा कार्ययोजना तयार गरिएको जनाउनुभयो । नीतिमा मन्त्रीको अध्यक्षतामा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका सचिव सम्मिलित २१ सदस्यीय परिषद् गठनको प्रबन्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द