2026-09-19 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

चैत १६, धादिङ | बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ ।

ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन हुनुहन्छ । उक्त ट्रष्टले संसारका ७८ देशमा करिब ८०० स्वास्थ्यकर्मी र विज्ञबाट परामर्श दिइरहेको छ । स्वीनफेन च्यारिटीको संरक्षक प्रिन्सेस आन हुनुहुन्छ ।

धादिङको विकट रुबी भ्याली, गङ्गाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउँपालिकामा टेलिमेडिसिन सेवा लैजाने सम्बन्धमा शनिबार सरोकारवालाबीच छलफल भएको छ ।

गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) यूकेको पहल र आइसीसी सदस्य रामशरण सिम्खडाको संयोजनमा आयोजित उक्त छलफल कार्यक्रममा ट्रष्टका निर्देशक र सहनिर्देशक, धादिङका सांसद खेम लोहनी, प्रदेशसभा सदस्य जगत्बहादुर सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पर्वत फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, ट्रष्टका ट्रष्टीहरु क्याथरिन डेभिस र मेजर ह्यू बार्डेल, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष सिबी तामाङ, महासचिव धन तामाङ, सल्लाहकार मेजर विष्णु घले, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष एनके अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ, महासचिव प्रमोद भट्ट, डा भरत सिम्खडा, डा इन्दिरा रेग्मीलगायतको सहभागिता थियो ।

छलफलपश्चात रामशरण सिम्खडाको संयोजकत्वमा एनआरएनए यूके अध्यक्ष गुरुङ, लेफ्टिनेन्ट चन्द्र गुरुङ, धादिङ नुवाकोट समाज यूकेका धन तामाङ र अन्तर्राष्ट्रिय धादिङ समाजका वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ सदस्य रहेको एक सञ्चालक समिति । उक्त समितिमा सांसद लोहनी, प्रदेशसभा सदस्य सिम्खडा र प्रा पदम सिम्खडा सल्लाहकार हुनुहुन्छ ।

एक साताभित्रै सञ्चालक समितिको बैठक बसेर कार्ययोजनासहित यथाशक्य सेवा शुरु गर्ने लक्ष्य रहेको संयोजक सिम्खडाले बताउनुभयो । सम्बन्धित क्षेत्रमा विद्युत्, मोबाइल, कम्प्युटर, इन्टरनेटलगायतका आवश्यक आधारभूत पूर्वाधारहरु तयार भएलगत्तै सेवा सञ्चालन गर्ने योजना बनाइएको छ ।

कार्यक्रममा सांसद तथा प्रदेशसभा सदस्यले नेपाल सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको  थियो । धादिङको उत्तरी भेगका अन्य गाउँपालिकामा पनि सेवा लैजान आग्रह गर्दै जनप्रतिनिधिले भौतिक संरचनाको जिम्मा आफूहरुले लिने बताउनुभयो ।

स्वीनफेनको टेलिमेडिसिन सेवा नेपालमा पहिलोपटक पर्वतको चार भञ्ज्याङ क्षेत्रमा आठ वर्षदेखि सञ्चालनमा छ । नेपालका अरु केही ठाउँमा पनि स्वीनफेनको यो सेवा उपलब्ध छ । कार्यक्रममा चारभञ्ज्याङ तमु समाजका सल्लाहकार मेजर कृष्ण गुरुङ, क्याप्टेन देउ गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले आफ्नो परियोजनाबारे अनुभव सुनाउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई