Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

एनसेलले ल्यायो सुलभ अफर, डाटा बोनस देखि सापटीसम्मको राहत प्याकहरु

By साझासवाल 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २४, काठमाडौं । कोभिड–१९को दोस्रो लहरले सिर्जना गरेको हालको अवस्थामा एनसेलले आफ्ना सेवामा विभिन्न उपभोक्ता मैत्री राहत अफरहरु ल्याएको छ ।

महामारीको यो विषम अवस्थामा ग्राहकहरुलाई सहज रुपमा सम्पर्क गर्न सघाउने उद्देश्यले आफ्नो सेवामा थप अफरहरु दिएको एनसेलले जनाएको छ । यस किसिमको सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा सञ्चार सेवामा निर्वाध पहुँच झनै महत्वपूर्ण हुने भएकाले ग्राहकलाई थप सविधा दिएको कम्पनीको भनाइ छ ।

प्रत्येक रिचार्जमा बोनस, डाटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायतका राहत अफरहरुले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहज पहुँच सुनिश्चित गर्न योगदान गर्ने कम्पनीको भनाइ छ ।

कोरोनाभाइरस रोगबाट बच्न अहिलेको अवस्थामा सामाजिक र भौतिक दूरी कायम गर्दै भीडभाडबाट टाढा रहनु आवश्यक छ । यी ग्राहक मैत्री अफरहरुले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपतकालिन अवस्थाको समयमा आवश्यक सहयोग लिनका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रत्येक रिचार्जमा बोनस डाटाः

यस अफर अन्तर्गत ग्राहकले ५० वा सो भन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ५० देखि ९९ को रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्दछन्  । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि १०० देखि १९९, २०० देखि २९९, ३०० देखि ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । त्यसैगरी ५०० देखि ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा रु १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

३० दिने डेटा प्याकमा डबल डाटाः

मंगलबार (वैशाख २१) बाट संचालनमा आएको यस अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोलुम बराबर नै थप डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । ग्राहकले कर सहित २४९ मा ३ दशमलब ५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोलुम बोनस अर्थात कुल ७ जीबी डेटा पाउँछन् । त्यसैगरी कर सहित ३९९ मा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी, ४९९ मा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन् ।

वर्क फ्रम होम अफरः

यस विपद्को घडीमा कार्यालयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ । दैनिक डेटा प्याकमा ग्राहकले कर सहित मात्र रु ३१ मा २ जीबी एप डेटा प्राप्त गर्छन र उक्त डेटा भोलुम मार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मिट जस्ता प्लेटफर्म बिहान ६ बजे देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ ।

यसका साथै ग्राहकले १५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्दछन् । त्यस्तै साप्ताहिक प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र १२७ मा १४ जीबी एप डेटा तथा ३ जिबी अल टाइम डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी वर्क फ्रम होम अफर अन्तर्गतका प्याक आफ्नो आवश्यकता अनुसार रोज्न सक्छन् । प्याक अन्तर्गतको निश्चित भोलुम प्रयोग भइसकेपछि विद्यमान डेटा शुल्क लाग्नेछ ।

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनसः

तिब्र गतिमा फैलिरहेको कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्नका लागि देशको विभिन्न जिल्लामा हाल लागु भईरहेको निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज कार्ड सहज रुपमा पाउन सम्भव छैन । यस्तो अवस्थामा ग्राहकले डिजिटल प्लेटफर्महरू एनसेल एप, च्याटबोट र वेभसाइट मार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् ।

यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्छन् । १ दिनको प्याक ( १८), ७ दिनको प्याक ( ९८), १४ दिनको प्याक (१३९) खरिदमा १५० एमबी देखि २ जीबी सम्म बोनस डेटाको सुविधा रहेको छ । त्यस्तै ट्रीपल मजा प्याक अन्तर्गत ७ दिनको प्याक (१०९), १० दिनको प्याक (१४७) र ३० दिनको प्याक (४५९) को खरिदमा ० दशमलब ५ जीबी देखि ० दशमलब ७५ जीबी सम्म बोनसको फाइदा लिन सकिन्छ ।

एनसेल सापटीमा विभिन्न सुविधाः

एनसेलले यस कठिन परिस्थितीमा ग्राहकको सञ्चार सेवाको  आवश्यकतालाई ध्यानमा राख्दै सापटी सेवामा थप सुविधाहरु दिएको छ । यो योजना लागु भएसँगै ग्राहकले अब सापटी सेवा अन्तर्गत पुरानै सेवा शुल्कमा ८० सम्म सापटी लिन सक्नेछन् । साथै ग्राहकले १२०० एमबी डेटा पनि सापटी अन्तर्गत लिन सक्छन् र यस सुविधाका लागि ग्राहकले डेटा सुल्क, सेवा शुल्क र कर सहित ८२.५५ पछि रिचार्ज गरि तिर्न सक्छन् ।

सापटी सेवामै ग्राहकले १ दिनको समयसिमा रहेको १५ मिनेटको टक टाइम कुल १२.५५ मा र २०० एमबी डेटा २२.५५ लिन सक्छन् । आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहन यदि आफ्नो मेन ब्यालेन्स अपुग भएमा ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी सापटी लिन सक्ने एनसेलले जनाएको छ ।