2026-11-02 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईको कलमा एनसेलको नयाँ योजनाः हरेक दिन स्मार्टफोन जित्ने मौका

वैशाख २७, काठमाडौं। एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने अवसर ल्याउने भएको छ् । एनसेल आजियाटा लिमिटेडले इदको अवसर पारेर भोलि वैशाख २८ मंगलबारदेखि लागू हुने गरी नयाँ योजना ल्याएको हो । 

यो योजना सुचारु भएको दिन देखि ७ दिनको लागि संचालनमा रहनेछ । यस आकर्षक योजना अन्तर्गत यूएईबाट धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्नुहुने ग्राहकले हरेक दिन सामसङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सक्नेछन् । 

यूएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन् । कोरोनाभाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्क मार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्धत गर्ने विश्वास लिएको छ । 

यो योजना अन्तर्गत, यूएईबाट सबै भन्दा धेरै आगमन कल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन जित्न सफल हुनेछन् । ७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्नेछन् । ग्राहकले उठाएको आगमन कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ । 

विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । हाल लागू भएको निषेधाज्ञा हटेको एक हप्ता पछि विजयी ग्राहकले आफूले जितेको स्मार्टफोन लिन सक्नेछन् । 

स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरुले १७१२६ डायलगरि सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन् । 

यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द