2026-09-19 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दूरसञ्चारले १० जिल्लामा सक्यो ब्रोडब्याण्ड इन्टरनेट जडान, नचले जानकारी गराउन आग्रह

जेठ ११, काठमाडौं ।  ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालनबाट नेपाल दूरसञ्चार प्राधिकरणले १० जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट जडानको काम सकेको छ। 

निजी कम्पनीलाई ठेक्कामार्फत टेलिकमले ब्रोडब्याण्ड इन्टरनेट जडानको काम गरेको हो । जसमा कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँमा वर्ल्डलिंकले र इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा टेकमाइण्ड्स नेटवर्कले ब्रोडब्याण्डको काम सकेको प्राधिकरणले जनाएको छ। 

यी जिल्लाहरुका स्थानीय निकायका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा आरडीटीएफ परिचालन गरी ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याएको प्राधिकरणले जनाएको छ।

सेवा सञ्चालनमा कुनै गुनासो भए प्राधिकरणले सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ। त्यसैगरी, यी जिल्लाहरुको कुनै पनि पूर्वनिर्धारित संस्थाहरुमा इन्टरनेट जडान हुन छुट भएमा १५ दिनभित्र प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरेको छ। 

ब्रोडब्याण्ड परियोजना सञ्चालनको सम्झौता रकम पाँच अर्ब ६७ करोड रुपैयाँ छ। जसअन्तर्गत प्राधिकरणले २०७७ चैतसम्म झण्डै तीन अर्ब रुपैयाँ सेवा प्रदायकहरुलाई भुक्तानी गरिसकेको छ। परियोजनाको वित्तीय प्रगति ५२ प्रतिशत पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई