2026-11-02 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अडियोमा आधारित मोबाइल एप ‘क्लब हाउस’ संचालनमा, यस्ता छन् फाईदा

जेठ १८, काठमाडौं । पछिल्लो समय अडियोमा आधारित सामाजिक सञ्जाल ‘क्लब हाउस’को प्रयोग र चर्चा चुलिएको छ। सन् २०२० मार्चमा एप्पलको आइओएस अपरेटिङ सिस्टममा लन्च भएको क्लब हाउस (ड्रप-इन अडियो) एप गत मे महिनाबाट मात्रै एन्ड्रोइडका लागि प्ले स्टोरमा आएको हो। 

अल्फा एक्सप्लोरेसन कम्पनीका अनुसार क्लब हाउसको डेब्युपछि सक्रिय प्रयोगकर्ताको संख्या एक करोडभन्दा बढी पुगेको छ। नेपालमा पनि केही दिनयता प्रयोगकर्ताको संख्यासँगै छलफल गरिने विषयका रुमहरुको संख्या ह्वात्तै बढेको छ।

विभिन्न विषयमा छलफल गर्नेगरी नेपाली प्रयोगकर्ताहरुले निषेधाज्ञालाई व्यवस्थित गर्ने गतिलो माध्यम पाएका छन्। एक अर्काबीच आफूलाई रुचि लाग्ने र ज्ञान भएको विषयमा विचार आदानप्रदान गर्न क्लब हाउस उपयोगी देखिन्छ। कुराकानी गर्न प्रयोगकर्ताले रुम क्रिएट गरेर प्राइवेट र पब्लिक फोरम बनाउन मिल्ने सुविधा यसमा छ। 

छलफलका लागि बनाइएको एउटै ग्रुपमा करिब पाँच हजार प्रयोगकर्ता अकोमोडेट गर्न सक्ने कम्पनीले जनाएको छ। क्लब हाउस एपमा प्रयोगकर्ता बिभिन्न विषयमा छलफल भइरहेका फोरममा प्रवेश गर्न, प्रस्तोता र वक्ता बन्न सक्छन्।

कोरोना संक्रमण रोकथामका लागि संसारका बिभिन्न मुलुकमा मानिसहरु बाहिर हिडडुलको क्रम घटेसँगै घरबाट काम गरिरहेका छन्। यस्तोमा सार्वजनिक बहसमा सहभागी हुन चाहनेका लागि यो एपले प्लेटफार्म दिएको छ। तर यो एप चलाउन इन्टरनेटको टुजीभन्दा माथिको नेटवर्कबाट मात्रै सजिलो हुन्छ। इन्टरनेट स्पीड स्लो हुँदा यो एपले प्रयोगकर्तालाई त्यसको सूचना दिन्छ।

सुरुमा पोडकास्ट एपका रूपमा ‘टक शो’ नाम दिएर पल डेविसन र रोहन सेठले क्लब हाउस सुरु गरेका थिए।

गत जनवरीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत डेविसनले साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या २० लाख हाराहारी रहेको बताएका थिए। फेब्रअरीमा संसारभर सक्रिय प्रयोगकर्ता बढेर ३५ लाख पुगेका थिए। निकै कम समयमा यसका प्रयोगकर्ताको संख्या बढिरहेको छ।

प्रख्यात अनुहारहरु टेस्लाका इलन मस्क, फेसबुकका मार्क जुकरवर्गलगायतले एप प्रयोग सुरु गरेपछि क्लब हाउसको चर्चा चुलिएको थियो। क्लब हाउसलाई टाइम म्यागजिनले २०२१ को १०० मुख्य इन्फ्लुएन्सल कम्पनीको उपाधि दिएको थियो। बिजमाण्डूबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द