2026-11-02 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्ट टेलिकमको दुई पछि फ्री’अफर, यस्तो छ प्रयोग गर्ने तरिका

असार २०, काठमाडौं । आकर्षक ग्राहक अफर अन्तर्गत स्मार्ट टेलिकमले ‘दुई पछि फ्री’ अफर ल्याएको छ । स्मार्टबाट स्मार्टमा फोन गर्दा पहिलो २ मिनेटको बाहेक बाँकी सबै अनलिमिटेड निःशुल्क भ्वाइस कल सुविधा प्रदान गरेको कम्पनीले नेपालको टेलिकम जगतमै पहिलो अफर ल्याएको जनाएको हो । 

कोरोना माहामारीका कारण लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा ग्राहक वर्गहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनी यस खालको सेवा अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ । यस अफरले ग्राहक वर्गमा थप उत्साह र उमंग छाउनेमा आफुहरु विश्वस्त रहेको कम्पनीले विश्वास व्यक्त गरेको छ ।

स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग मन खोलेर अनलिमिटेड कुराकानी गर्न सक्ने कम्पनीको भनाइ छ ।अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।

स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरूको व्यावसायिक, सामाजिक तथा व्यक्तिगत जीवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगको असिमित पहुँच अझ सहज हुनेछ’ स्मार्ट कम्पनीले भनेको छ ।यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरूले निःशुल्क ८१४१८१८५८१३ डायल गर्नुका साथै थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द