2026-09-19 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्ट टेलिकमको दुई पछि फ्री’अफर, यस्तो छ प्रयोग गर्ने तरिका

असार २०, काठमाडौं । आकर्षक ग्राहक अफर अन्तर्गत स्मार्ट टेलिकमले ‘दुई पछि फ्री’ अफर ल्याएको छ । स्मार्टबाट स्मार्टमा फोन गर्दा पहिलो २ मिनेटको बाहेक बाँकी सबै अनलिमिटेड निःशुल्क भ्वाइस कल सुविधा प्रदान गरेको कम्पनीले नेपालको टेलिकम जगतमै पहिलो अफर ल्याएको जनाएको हो । 

कोरोना माहामारीका कारण लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा ग्राहक वर्गहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनी यस खालको सेवा अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ । यस अफरले ग्राहक वर्गमा थप उत्साह र उमंग छाउनेमा आफुहरु विश्वस्त रहेको कम्पनीले विश्वास व्यक्त गरेको छ ।

स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग मन खोलेर अनलिमिटेड कुराकानी गर्न सक्ने कम्पनीको भनाइ छ ।अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।

स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरूको व्यावसायिक, सामाजिक तथा व्यक्तिगत जीवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगको असिमित पहुँच अझ सहज हुनेछ’ स्मार्ट कम्पनीले भनेको छ ।यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरूले निःशुल्क ८१४१८१८५८१३ डायल गर्नुका साथै थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई