2026-09-19 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के तपाई मोबाइल रातभर चार्जमा राख्नुहुन्छ ?

भदौ २०, काठमाडौं । पछिल्लो समय आधुनिक प्रविधिको विकाश बढेसँगै मोबाइल फोन प्रयोग नगर्ने मानिस सायद कमै होलान् । बच्चादेखि वृद्धसम्म सबैको हात हातमा माेबाइल पाउन सकिन्छ । आजभालि मोबाइल बिनाको समय त मानिसले कल्पना पनि गर्न सक्दैनन् । तर, के हामीलाई थाहा छ मोबाइल फोन रातभर चार्जमा राख्दा यसको असर के हुन्छ ?  ब्याट्रीमा के असर पर्छ ? धेरै मानिसहरु लाई लाग्छ कि रातभर मोबाइल चार्ज गर्दा मोबाइल को ब्याट्री बिग्रन्छ, वा यसले ब्याट्री मा नराम्रो असर पार्छ, तर यो सत्य होइन ।

हामीले जुन मोबाइल बोकीरहेका छौं । त्यस मोबाइलमा एउटा ब्याट्री प्रोडक्न चिप राखिएको हुन्छ । जस्ले हाम्रो मोबाइलको ब्याट्री फुल भएपछि स्वत आफै चार्ज लिन छाडी दिन्छ । जस्का कारण रातभर मोबाइल चार्जमा राख्दा पनि कुनै प्रभाव पर्दैन ।

तर प्रभाव पर्दैन भन्दैमा रातभर मोबाइल चार्ज गरेर भने राख्नु हुँदैन । तपाइँ राती उठ्नु हुँदा तपाइँको मोबाइल चार्जरबाट हटाउन सक्नु हुनेछ । यदि रातभर मोबाइल चार्जमा छाड्दै हुनुहुन्छ भने चार्जमा राख्नुअघि स्वीच अफ गर्नुहोस् ता कि ब्याट्रीमा अनावश्यक भार नपरोस् । तर मोबाइल रातभर चार्जमा राख्दा ओभर फुल भएर पड्किन्छ अथवा ब्याट्री बिग्रिन्छ भन्ने सोचाइ छ भने त्यो एउटा मित्थ्या नै हो । हिजोआजका फोनमा प्रयोग हुने ब्याट्री भनेको लिथियम आयम ब्याट्रीका कारणमात्रै होइन, यसमा प्रयोग हुने प्रोसेसर पनि पहिलेको तुलनामा धेरै नै पावरफुल भएका छन् ।

मोबाइलमा प्रयोग हुने आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले एक पटक मोबाइल चार्ज फुल भएसँगै आफै चार्जलाई डिस्कनेक्ट गर्छ । यसको अर्थ रातभर मोबाइल चार्जमा राख्दा कुनै असर भने पर्दैन ।

याद गर्नुहोस् कहिले पनि मोबाइल  तकिया, ओछ्यान मा राखेर चार्ज गुर्नहुँदैन ।किनभने त्यस ठाउँमा हावा आउने सम्भावना कम हुन्छ । -नेपाल न्युज 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई