2026-11-02 01:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नमस्ते पे’ सञ्चालनमा, यस्ता छन् सुविधाहरु

भदौ ३०, काठमाडौँ (रासस) । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ आज सार्वजनिक गरेको छ । लामो समयको तयारी पश्चात कम्पनीले आजदेखि मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो ।

मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्याउने उद्देश्यले २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक समझदारी भएको थियो । सो सम्झौताअनुसार टेलिकमको सहायक कम्पनीको रुपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड स्थापना गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले आजदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

यसअघि टेलिकम र बैंकका कर्मचारीहरुबीच परीक्षण पश्चात औपचारिक रुपमा सेवा सुचारु गरिएको हो । सुरुआती चरणमा मोबाइल मनी सेवा एण्ड्रोइड फोनमा सञ्चालन गर्न सकिनेछ । सीईओ भण्डारीले ९५ प्रतिशतभन्दा बढी एण्ड्रोइड मोबाइलका प्रयोगकर्ता रहेको भन्दै सुरुआती चरणमा सो मोबाइलमा सेवा सञ्चालन गर्न सकने जानकारी दिनुभयो । कम्पनीले विस्तारै आइओएस मोबाइलमा समेत सेवा सञ्चालन गर्न सकिनेछ ।

स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा मोबाइल वित्तीय सेवा सञ्चालन गर्न सकिनेछ । हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिनेछ । यसरी खोलिएको खाताबाट पाँच हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ भने सो सेवालाई क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएको छ ।

यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत् महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकसहित करिब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ भने बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ ।

बैंकहरू सगैँ कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गरिनेछ । यसको लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भैरहेको छ । कम्पनीले नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा रहेको भन्दै मोबाइलमा ब्यालेन्सबाट नै पैसाको उपयोग गर्न नसकिने जनाएको छ । वालेटमा बैंक वा एजेण्ट नेटवर्कमार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

सरकारीस्तरबाट पहिलो पटक सञ्चालन हुन लागेको पेमेन्ट गेटवेमा ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । यसअघि निजी क्षेत्रको लगानीमा सञ्चालित गेटवेको भन्दा नमस्ते पेको चुक्ता पुँजी बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द