2026-11-02 01:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विमानभित्रै मोबाइल र इन्टरनेट सेवा

कात्तिक १८, काठमाडौँ | नेपाल  दूरसञ्चार  प्राधिकरणले  दुईवटा विदेशी  एरोस्पेस  कम्पनीलाई  विमानभित्रै  मोबाइल  र  इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई  उडानको  इतिहासमा  पहिलो  पटक  नेपालको  आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन ‘थाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए । 

उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएका छन्  ।  अब  नेपालको  आकाशमा  उडान  गर्ने  विभिन्न  विमान सेवा प्रदायकहरूले ती कम्पनीका यो सेवा खरिद गरी आफ्ना यात्रुलाई सेवा पुर्याउन सक्छन् ।” 

यसअघि  यात्रुले  हवाई  उडान  भर्दा  विमानभित्र  मोबाइललगायतका  उपकरण  फ्लाइट  मोडमा  राखेर  यात्रा  गर्नुपर्ने  बाध्यता  रहेको  थियो  ।  अब  यस  प्रकारको  सेवा  लिएका  विमान  कम्पनीले  आफ्ना  यात्रुलाई विमानभित्रै मोबाइल वाइफाई सेवा उपलब्ध गराउन सक्ने रहँदै आएकोमा अब यी दुई कम्पनीको सेवा  एयरलाइन्सले  खरिद  गर्न  सक्ने  प्राधिकरणले  जनाएको छ ।

नेपाल  दूरसञ्चार  प्राधिकरणले  विमानमा  यात्रा  गर्नेका लागि विमानभित्रै मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा उपलब्ध गराउन आवेदन माग गरेकोमा ती दुई कम्पनी छनोट भई उनीहरूलाई सहमति प्रदान गरिएको हो । प्राधिकरणद्वारा निर्धारित मापदण्डअनुसार ती कम्पनी छनोटमा परेको उनले स्पष्ट पारे । 

– यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द