2026-06-16 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०२२ मा कुन कुन फोन आउँदैछन् ? एप्पल आईफोन एसई थ्री किन ढिलो ?

2021-12-24

पुस ९, काठमाडौँ | हामी २०२१ को अन्तिमतिर छौं । यो वर्ष स्मार्टफोनको बजार सामान्य नै रह्यो । केही फोन लोकप्रिय भए । केहीले अपेक्षा गरेअनुसार स्थान जमाउन सकेनन् । त्यस्तै बजारमा चिप अभावका कारण केही फोनको उत्पादनमा असर पर्‍यो ।

अब मोबाइल निर्माताकाे ध्यान नयाँ वर्ष २०२२ तिर माेडिएकाे छ । २०२२ मा नयाँ फोन किन्न चाहनेका लागि उनीहरुले के ल्याउँदैछन् त ? आजको लेखमा पाँच चर्चामा रहेका पाँच फोनको चर्चा गर्दैछौं, जुन सन् २०२२ मा सार्वजनिक हुनेछन् ।

एप्पल आईफोन एसई थ्री

सन् २०१६ मा पहिलो सिरिज सार्वजनिक भएको आईफोनको सस्तो फोन ‘आईफोन एसई’ को तेस्रो जेनेरेशन २०२२ मा सार्वजनिक हुने तयारीमा छ । यो फोन २०२२ को सुरुवातमा नै सार्वजनिक हुने बताइएको छ ।

यो फोनले फाइभजी सपोर्ट गर्ने र आईफोन १३ मा प्रयोग भएको ए१५ बायोनिक चिप प्रयोग हुने अनुमान छ । हालसम्म बाहिरिएकाे विवरणअनुसार ‘एसई थ्री’ मोडलको डिजाइनमा खासै ठूलो परिवर्तन हुनेछैन ।

आईफोन एसईको तेस्रो जेनेरेसन पनि ४.७ इन्च स्क्रिनमा आधारित हुने धेरैको अनुमान छ ।

आईफोन १४ म्याक्स

एउटा मोडेलको फोन सार्वजनिक गरेको केहि समय नबित्दै अर्को फोन सार्वजनिक गर्नु एप्पलको लागि अब सामान्य भइसकेको छ । आईफोन १३ सार्वजनिक भएको भोलिपल्टदेखि नै आईफोन १४ को चर्चा सुरु भइसकेको थियो ।

यसैबीच एप्पलले आफ्नो सुपर साइज भर्सनको स्मार्टफोन ‘आईफोन १४ म्याक्स’ २०२० मा सार्वजनिक गर्ने तयारी गरेको छ ।

आउने वर्षदेखि एप्पलले आईफोन मिनी भर्सनको उत्पादन रोकेर ६.७ इन्चको स्मार्टफोन उत्पादन गर्ने तयारी गरिरहेको छ । यसको अर्थ हो, आईफोन १४ को सिरिजमा हुने फोनमा ६.१ इन्च र ६.७ इन्चको डिस्प्ले हुने अनुमान गरिएको छ ।

आईफोन १४ म्याक्स ठूलो स्क्रिन मनपराउने प्रयोगकर्ताका लागि उपयोगी हुने अनुमान गरिएको छ । याे फोनमा ४८ मेगापिक्सेलको वाइड रियर क्यामेरा हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ