2026-09-19 01:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकामा नै छैन मोबाइल फोनको गुणस्तर

फागुन ५, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो ।प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।

तीन कम्पनीका नेटवर्कभित्र गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिन कलमा लाग्ने समय र कल स्थापित हुन लाग्ने दर परीक्षण गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार मोबाइल सेवाको गणुस्तर परीक्षण अध्ययनमा कल गर्दा लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडि एनसेल देखिएको छ ।

उक्त (ड्राइभ टेस्ट) प्रतिवेदनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ६.४४ सेकेन्ड रहेको छ । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय पाँच सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ । अन्य दुई कम्पनीको तुलनामा एनसेल अगाडि भए तापनि प्राधिकरणले तोकेको न्यूनतम मापदण्डमा कुनै पनि कम्पनी परेका छैनन् ।

यस्तै कल स्थापना हुने कल सफलताको दर एनसेलको ९६दशमलव १५ प्रतिशत छ । प्राधिकरणले तोकेको कल स्थापना हुने सफलताको दर ९९ प्रतिशत वा सोभन्दा धेरै हुनुपर्छ । नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय ९.५९ सेकेन्ड देखिएको छ भने कल स्थापना हुने सफलताको दर ७७ दशमलव४२ प्रतिशत रहेको छ ।

प्रयोगकर्ता कम रहेको स्मार्ट टेलिकमको कल स्थापना हुने समय १२.१७ सेकेन्ड रहेको छ भने कल स्थापना हुने सफलताको दर ८२दशमलव ७६ प्रतिशत रहेको छ । कल ब्लक दर दुई प्रतिशतभन्दा कम हुनुपर्नेमा तीनवटै सेवा प्रदायकको यस्तो दर बढी नै देखिएको छ । औसतमा एनसेलको आठ प्रतिशत, नेपाल टेलिकमको  ११ प्रतिशत र स्मार्ट टेलिकमको २८ प्रतिशत देखिएको छ ।

कल सम्पर्क विच्छेद हुने दर (कल ड्रप) दुई प्रतिशतभन्दा कम हुनुपर्नेमा एनसेलले भने मापदण्ड पालना गरेको पाइएको छ । कल ड्रप दर औसतमा एक दशमलव १८ प्रतिशत हुनुपर्नेमा एनसेलको एक दशमलव १८ प्रतिशत नै रहेको छ । नेपाल टेलिकमको चार दशमलव ३८ प्रतिशत र स्मार्टको दश प्रतिशत रहेको छ ।

प्राधिकरणले परीक्षण गर्दा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणबाट लगातार फोनकल वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ । कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तर मापन समानान्तररुपमा एकैसाथ गरिएको बताइएको छ । हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी/थ्रीजी/टूजी)मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालितरुपमा छनोट गरी उपकरणमा व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई