2026-07-25 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजबाट क्यूआरकोड सहितको प्रिन्टेड भिसा प्रणालीको आरम्भ

फागुन ८, काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलगायत मुलुकका सबै अध्यागमन नाकाहरुबाट  डिजिटल भिसा दिन सुरु गरेको छ ।  विमानस्थलस्थित अध्यागमन कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले क्यूआरकोडसहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरेका हुन् । 

गृहसचिव पाण्डेले नेपाली मुलका बेलायती नागरिक मन्जील पूनलाई ३० दिनको पर्यटक भिसा दिएर क्यूआरकोडसहितको प्रिन्टेड भिसा दिएका थिए । अध्यागमन विभागले हस्तलिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली सुरुवात गरेको हो । 

क्यूआरकोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले भिसा उत्पन्न गरी छाप्ने गर्दछ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले क्यूआरकोड सहितको प्रिन्टेड भिसा सुरु भएको बताए । 

उनले अन्नपूर्णसँग भने,’ अब विगतमा जस्तो हातले लेख्दा हुने त्रुटी  तथा केरमेट हुँदैन । सेवा समेत छिटो र छरितो हुन्छ ।’ कार्यक्रममा  गृहका सहसचिव फडिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई लगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक