फागुन १३, काठमाडौं । आफुलाई सुहाउदो जीवनसाथी खोज्न र रोज्न सघाउने उद्देश्यसहित ‘विहे नेपाल’ एप देशभर सार्वजनिक भएको छ । रावा सफ्टवेयरले बनाएको यो एप बिहीवार आधिकारिक रूपमा सार्वजनिक भएको हो ।

देश तथा विदेशमा रहेका सबै एकल नेपालीले यस एपबाट आफ्नो मिल्दो जीवनसाथी खोज्न सक्छन्।

जीवनसाथी/दीर्घकालीन साथीको खोजमा रहेका सबैलाई लागि यो एप उपयोगी हुने कम्पनीको दाबी छ ।

‘सबै एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्यका साथ विहे नेपालले अब उनीहरूलाई विशेषगरी दीर्घकालीन प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले एकअर्कासँग अन्तर्क्रिया गर्न सहज बनाएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि गत कात्तिकमै परीक्षणको रूपमा सार्वजनिक भएको एपमा तीन हजारभन्दा बढी प्रयोगकर्ता जोडिसकेको कम्पनीले जानकारी दिएको छ ।

Related News