2026-11-02 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलको नयाँ अल टाइम डेटा प्याक, नननस्टप युट्युब अफर भोल्युम अब उही शुल्कमा दोब्बर

फागुन १७, काठमाडौँ । एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै ननस्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । 

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा प्रयोग गर्न सक्छन् । त्यस्तै ननस्टप युट्युब प्याक अन्तर्गत ग्राहकले करसहित १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा ननस्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस युट्युब प्याकमा यहीं मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए, अब यो भोल्युम बढेर ४ जीबी भएको कम्पनीले जनाएको छ ।

यी प्याकहरु आज मंगलबारबाट सञ्चालनमा ल्याइएका हुन् । एनसेलका अनुसार ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक प्रयोग थाल्न सक्छन् । त्यस्तै ग्राहकले ननस्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ डेटा बण्डल पनि एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्रयोग थाल्न सक्छन् । ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुरु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द