स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन"/>
2026-06-16 08:15 PM
काठमाडौँ - KTM

स्मार्ट फोनको चार्ज टिकाउने अचुक उपायहरु यस्ता छन् ! जानी राखौ

2016-08-31

स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन्छ । त्यसैले चार्जर र पावर बैंकसँगै लिएर हिँड्नु बाध्यता बनेको छ, स्मार्टफोन प्रयोगकर्ताहरूको । तर, यो नै समस्याको समाधान भने होइन । 

समाधान के हुन सक्छ त ? आउनुस् एन्ड्रोइड स्मार्टफोनको ब्याट्री टिकाउने टिप्सबारे जानौँः

–स्मार्टफोनको ब्याट्रीको चार्ज धेरै नरित्याउनुहोस् । ब्याट्री ४० प्रतिशतमा झरेपछि चार्ज गर्नुहोस् । तर, हरेक तीन महिनामा भने मोबाइलको ब्याट्री चार्जलाई पूरै रित्याउनुहोस् अनि मात्र चार्ज गर्नुहोस् । यसो गर्दा ब्याट्रीको चार्जिङ क्षमता बढ्ने ब्याट्री युनिभर्सिटी ब्लगमा दाबी गरिएको छ ।

–मोबाइलको कल घण्टी खुला गर्नुहोस् । भाइब्रेसन एक्टिभेट गर्दा त्यसले ब्याट्रीको चार्ज बढी खपत गर्छ ।

–तपाईंको स्मार्टफोनमा कुन एपले बढी ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहोस् । उक्त एप खासै कामको छैन भने अनइस्टल गर्नु ठीक हुन्छ । कुन एपले बढी ब्याट्री खपत गरेको छ जान्नका लागि स्मार्टफोनको सेटिङमा गएर चेक गर्न सक्नुहुन्छ ।

–मोबाइलको नेटवर्क सिग्नल कम छ र स्मार्टफोनले लगातार नेटवर्क सर्च गरिरहनुपर्छ भने त्यसबेला निकै धेरै ब्याट्री खपत हुन्छ । त्यसैले खास गरी यात्राका दौरान यस्तो हुने भएकाले मोबाइलमा एयरप्लेन मोड एक्टिभेट गर्नुहोस् । जसका कारण स्मार्टफोनले नेटवर्क खोज्नमा ऊर्जा खर्च गर्नुपर्दैन । मोबाइल नेटवर्क कम भएको बेला डाटाभन्दा वाइफाइको प्रयोग गर्दा ब्याट्री बढी खप्छ ।

–होमस्क्रिनबाट अनावश्यक एप हटाउनुहोस् । धेरै एन्ड्रोइड एपहरूलाई होमस्क्रिनमा राखिन्छ । स्मार्टफोनको स्क्रिन अनलक गर्नेबित्तिकै त्यस्ता एप सीधै प्रयोग गर्न सकियोस् भन्नका लागि यसो गरिन्छ । तर, यसरी होमस्क्रिनमा राखिएका एप लगातार अपडेट हुने भएकाले बढी डाटा र ब्याट्री खपत गर्छन् । त्यसैले होमस्क्रिनबाट त्यस्ता एपको विज्याट हटाउनुहोस् । त्यसका लागि उक्त एपको आइकनमा थिच्नुहोस् । त्यहाँ ट्रयास आइकन देखापर्छ । एपको विज्याटलाई ड्रयाग गरी सोही ट्रयासमा लगेर हाल्नुहोस् । स्रोत: शुक्रबार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ