2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम मध्ये भ्वाइस प्याकमा कुन कम्पनी सस्तो ? कसरी लिने सेवा?

वैशाख २२, काठमाडौं | नेपाल टेलिकम, भ्वाइस प्याकमा कुन कम्पनी सस्तो ?र स्मार्ट टेलिकमले आफ्ना ग्राहकका लागि भ्वाइस कल, डेटा र एसएमएसमा विभिन्न प्याकेज ल्याएका छन् । यसअन्तर्गत सबै कम्पनीले अल-नेट भ्वाइस प्याक ल्याएका छन् ।

यो प्याकेज प्रयोग गरी एउटाबाट सबै नेटवर्कमा सुपथ मूल्यमा कुराकानी गर्न सकिन्छ । आज हामी कुन कम्पनीले कति शुल्कमा यो प्याकेज उपलब्ध गराइरहेका छन् भन्ने विषयमा जानकारी दिँदैछौं ।

नेपाल टेलिकम

सरकारी स्वामित्वको नेपाल टेलिकमले अल-नेट भ्वाइस प्याकमा दुईवटा विकल्प दिएको छ । पहिलो, २६५ रुपैयाँमा ५०० मिनेट टकटाइम २८ दिनका लागि उपलब्ध छ भने दोस्रो, ५५० रुपैयाँमा १२०० मिनेट टकटाइम ३५ दिनका लागि उपलब्ध छ ।

प्रयोगकर्ताले प्याक लिन *1415*4# डायल गरी आफूले चाहेकाे भ्वाइस प्याकेज छान्न सक्छन् ।

एनसेल

एनसेलले अल-नेट भ्वाइस प्याक १४ मिनेट टकटाइम एक दिनका लागि करसहित १४ रुपैयाँ, ६५ मिनेट टकटाइम तीन दिनका लागि ४५ रुपैयाँ, १५० मिनेट टकटाइम एक साताका लागि करसहित ९४ रुपैयाँ र २२५ मिनेट टकटाइम १४ दिनका लागि १३५ रुपैयाँमा उपलब्ध गराएकाे छ ।

त्यस्तै ४७५ मिनेट टकटाइम २८ दिनका लागि २६५ रुपैयाँ र ७५० मिनेट टकटाइम २८ दिनका लागि ३८५ रुपैयाँ गरी विभिन्न छ ओटा विकल्प दिएको छ ।

त्यसका लागि प्रयोगकर्ताले *17118*3# गरी आफूले चाहेको प्याकेज खरिद गर्न सक्छन् ।

स्मार्ट टेलिकम

स्मार्ट सिम प्रयोगकर्ताका लागि अल-नेट भ्वाइस प्याकको दुईवटा विकल्प छ । कुनै पनि नेटवर्कमा कुराकानी गर्न सकिने १२ मिनेट टकटाइम एक दिनका लागि करसहित १२.७७ रुपैयाँमा उपलब्ध छ ।

त्यसका लागि प्रयोगकर्ताले *141*1*4*1# डायल गरी खरिद गर्न सक्छन् ।

साथै, १२० मिनेट टकटाइम एक महिनाका लागि करसहित १२६.४१ रुपैयाँमा उपलब्ध छ । प्रयोगकर्ताले *141*1*4*2# डायल गरी याे प्याक खरिद गर्न सक्छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले