2026-09-19 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारवाही

वैशाख २८, काठमाडौँ | प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ । 

काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन् । यस्तै २९ जना पत्रकारलाई पनि कारवाही गरिएको काउन्सिलले जनाएको छ । 

कारवाही गरिएका मिडियामध्ये ३६ वटासँग स्पष्टीकरण तथा जवाफ माग, ८१ वटालाई निर्देशन, १७ वटालाई सचेत गराइएको, ४६ वटालाई ध्यानाकर्षण र ४४ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ । 

प्रकाशित तथा प्रसारित भएका २२३ वटा सामाग्रीलाई लिएर काउन्सिलले २१२ वटा मिडियालाई कारवाही गरेको हो । 

निर्वाचन आयोगले मिडियाले निर्वाचन अचारसंहिता पालना गरेको वा नगरेको भन्ने अनुगमन गर्ने जिम्मेवारी काउन्सिललाई दिएको थियो । सोही अनुसार काउन्सिलले अनुगमन गरी कारवाही गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई