घट्यो दूरसञ्चार सेवा शुल्कको दर, इन्टरनेट र मोबाइल सेवा सस्तिने

साझासवाल
1 Min Read

जेठ १६, काठमाडौं | सरकारले दूरसञ्चार सेवा शुल्कको दर घटाएको छ । आर्थिक विधेयक २०७९ का अनुसार १३ प्रतिशतले लिइँदै आएको दूरसञ्चतार सेवा शुल्क १० प्रतिशत कामय गरिएको हो ।

यसअघिको सरकारले टेलिफोन, इन्टरनेट र मोइलजस्ता सेवमा एकैपटक १३ प्रतिशत कर थोपरेको थियो । सेवा प्रदायकले यस्तो शुल्क ग्राहकबाटै असुलेर सरकारलाई बुझाइरहेका छन् ।

यसले गर्दा इन्टरनेट सेवा शुल्क महँगिएको थियो । कर घटेसँगै सेवा शुलक सस्तो हुने सरकारको अपेक्षा छ । आइतबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन इन्टरनेट सेवा शुल्क घटाउने बताएका थिए । यस्तै दूरसञ्चार सेवालाई गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने कार्यक्रम समेत सरकारले सार्वजनिक गरेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply