साउन २३, काठमाडौँ | एप्पलले आफ्नो आगामी श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने भएको छ। कम्पनीले आइफोन-१४ को श्रृंखला आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने बताइएको छ। भारतीय अखबार बिजनेस स्टान्डर्डका अनुसार आइफोन १४ को उत्पादन भारतसँगै चीनबाट समेत हुनेछ। यसको विश्व बजारमा आपूर्ति पनि भारत र चीनबाट गरिनेछ।

कम्पनीका उद्योग विश्लेषक मिङ-ची कुओले ट्विटरमार्फत उक्त जानकारी गराएका हुन्। उनले हाल जारी भूराजनीतिक तनावका कारण चीनमाथिको निर्भरता कम गर्न पनि नयाँ श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने बताएका छन्।

आइफोन १४ श्रृंखलाअन्तर्गतको आइफोन १४, आइफोन म्याक्स र आइफोन १४ प्रो म्याक्स भारतको चेन्नाइस्थित फक्सकन प्लान्टमा हुने विश्लेषक कुओले आफ्नो ट्विटरमा उल्लेख गरेका छन्।

नयाँ आइफोन १४ मा ६.१ इन्च डिस्प्ले हुने बताइएको छ। आइफोन १४ म्याक्स र आइफोन १४ प्रो म्याक्समा भने ६.७ इन्चको डिस्प्ले हुने अनुमान छ।

विभिन्न रिपोर्टअनुसार एप्पलको नयाँ आइफोन १४ को बजार मूल्य सात सय ९९ अमेरिकी डलर हुनेछ। यो भनेको भारु ६४ हजारसम्म पर्छ।

August 8, 2022
काठमाडौँ - KTM, सूचना प्रबिधि
आइफोन १४ भारतमा उत्पादन हुने, के अब सस्तो होला त नेपाली बजारको मूल्य ?
By साझासवाल
3 मिनेट पढाइ