2026-09-19 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि दराज मल फेस्ट सुरु, सामान खरिदमा विशेष छुट पाइने

साउन ३०, काठमाडौँ | नेपालको अग्रणी अनलाइन बजार, दराजले दराजमल फेस्ट गर्ने भएको छ । दराजले दराजमल फेस्ट सुरु गर्न लागेको आइतबार घोषणा गरेको हो ।

दराजमेल फेस्टले ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्नेछ । यो अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, ७ हजारसम्मको भौचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, सेक सेक र वाल अफ फेम रहेको छ। कम्पनीका अनुसार यो अवसरमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्नका साथै ५०० भन्दा बढी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन विशेष छुटसहित खरिद गर्न सकिनेछ ।

यसका लागि विभिन्न बैंकका डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा छुट पाउने व्यवस्था गरिएकाे छ ।

कम्पनीका अनुसार मंगलबार ग्लोबल आईएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानी गर्दा १५ प्रतिशत (७५० रुपैयाँसम्मको छुट) र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाइनेछ ।

त्यस्तै बिहीबार मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाउन सकिनेछ ।

त्यस्तै शुक्रबार नबिल बैंकबाट डेबिट क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५०० रुपैयाँसम्म) र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५०० रुपैयाँ) पाइनेछ ।

त्यस्तै ‘ब्रान्ड अफ द डे’ जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अभियान अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ । उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट दिनेछ ।

त्यस्तै एर्कले आफ्ना सबै उत्पादनहरूमा १० प्रतिशतसम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

त्यस्तै ‘एड टु कार्ट एण्ड विन’ याेजनाले ग्राहकहरूलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराज मल उत्पादनहरू थपेर अभियानभर हरेक दिन भाउचर जित्ने मौका प्रदान गर्ने जनाइएको छ ।

साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु. २०० को भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई