2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धर्तीमा पानी कहाँबाट आयो ? यसो भन्छन् वैज्ञानिक

भदौ १, काठमाडौँ | धर्तीमा पानी कहाँबाट आयो ? यो प्रश्न धेरैले सोध्ने गर्छन् । वैज्ञानिकले यसमाथि थुप्रै सिद्धान्त पेश गरेका छन् । अब जापानी वैज्ञानिकले पृथ्वीमा पानी क्षुद्रग्रहले लिएर आएको बताएका छन् । यो दाबी उनीहरुले एस्टेरोयड रियुगुको धुलोको अनुसन्धान गरेपछि गरेको हो । जापानले यो क्षुद्रग्रहको अनुसन्धानका लागि स्पेसक्राफ्ट हायाबुसा–२ पठाएको थियो ।

Space mission shows Earth's water may be from asteroids: Study | Deccan  Herald

हायाबुसा–२ स्पेसक्राफ्ट सन् २०२० मा क्षुद्रग्रह रियुगुबाट माटोको स्याम्पल लिएर फर्किएको थियो । त्यतिबेलादेखि वैज्ञानिकले यसबारे अनुसन्धान गरिरहेका थिए । अघिल्लो वर्ष पनि रियुगुमा असाध्यै प्राचिन मौलिक तत्व भेटिएको दाबी गरिएको थियो । अर्थात्, यसमार्फत् ब्रह्माण्डको उत्पत्तिबारे पत्ता लाग्ने मात्रै नभई पृथ्वीमा पानी कसरी आयो भन्ने सही जानकारी पनि पाइनेछ ।

हायाबुसा–२ क्षुद्रग्रह रियुगुबाट ५.४ ग्राम स्याम्पल लिएर आएको थियो । यो स्याम्पलको अनुसन्धान विश्वभरीका वैज्ञानिकले गरिरहेका छन् । वैज्ञानिकले यो माटोमा अर्गानिक तत्वसमेत पाएका थिए जुन धर्तीमा जीवनको उत्पत्तिको स्रोत हुनसक्छ । यो अनुसन्धानबाट के पत्ता लाग्छ भने अमिनो एसिडको निर्माण अन्तरिक्षमा कतै भएको थियो । यो शोध हालै जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित भएको छ । जसमा ब्रह्मान्ड, सौर्य मण्डल, ग्रह र धर्ती बन्ने कहानी बताइएको छ ।

Space mission reveals asteroids may be the source of Earth's water – Science

यसमा बताइए अनुसार अर्गानिक रिच–सी टाइप एस्टेरोइडमार्फत् धर्तीमा पानी आएको हुनसक्छ । जापानका वैज्ञानिकले एस्टेरोयड रियुगुमा असाध्यै प्राचिन मौलिक तत्व पाएका छन् । एस्टेरोयड रियुगू ८०० मिटर व्यासको पत्थर हो जसको अनुसन्धानका लागि जापानले हायाबूसा अन्तरिक्षयानलाई पठाएको थियो । यो पत्थरमार्फत् जुन स्याम्पल धर्तीमा आएका छन्, त्यो निकै गहिरो रङका छन् । यसको बीचमा एउटा हरियो रङको पदार्थ भेटिएको छ जुन कार्बनिक हो । यो पदार्थ धेरै नै पोरस अर्थात् छिद्रले भरिएको छ । यसको अर्थ यो हो कि ४५० करोड वर्ष अघि क्षुद्रग्रह रियुगूमा जीवनको संकेत थियो । आज पनि यो संकेत सम्भव छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटीका वैज्ञानिकले पनि यो स्याम्पलको अध्ययन गरेका छन् । उनीहरुका अनुसार स्याम्पलको माटो यति कालो छ कि यो सूर्यको किरणको सिर्फ २ प्रतिशत हिस्सा मात्रै परावर्तित गर्छ । यो कार्बनको एउटा विशिष्ट रुप हो । एस्टेरोयड रियुगु धर्ती र मंगलको बीचको कक्षमा धर्तीको चारैतिर चक्कर लगाउँछ ।

यसमा भएको छिद्रले के पत्ता लाग्छ भने यसको भित्रबाट पानी वा ग्यासको बहाव रहेको होला । अन्य अनुसन्धानमा के भनिएको छ भने यो मौलिक पदार्थको निर्माण माटोजस्तो पदार्थले भएको छ । अर्थात् कार्बनिक उत्पत्तियुक्त पदार्थ । यसको अर्थ के हो भने यो माटोमा जीवनको उत्पत्तिको सम्भावना छ । अर्को अनुसन्धान पेरिस–सेकले युनिभर्सिटीका प्राध्यापक सेडरिक पिलोरगेट र उनका साथीहरुले गरेका थिए ।

सेडरिक र उनको समूहले यो पदार्थमा कार्बोनेट्स र ज्वलनशील मिश्रणसमेत पाएका छन् । स्याम्पलमध्ये केही कार्बन कोन्ड्राइट्स हुन् । अब यी दुबै अनुसन्धानमाथि ध्यान दिने हो भने एस्टेरोयड रियुगूको सतह छिद्रले भरिएको भन्ने पत्ता लाग्छ । यसको छिद्रता ७० प्रतिशतभन्दा पनि बढी छ । अर्थात् यो प्रारम्भिक प्रोटो–ग्रहहरुको भाग भएको हुनुपर्छ । हाम्रो सौर्यमण्डलको निर्माणको समयमा सबैभन्दा प्रारम्भिक ढुङ्गा वा चट्टानहरु ।

एस्टेरोयड रियुगु कार्बनले भरपुर कोन्ड्राइट हो । यो निकै गहिरो रङको हो । बढी छिद्र छ । बढी नाजुक छ । दुबै अनुसन्धानका वैज्ञानिकले थप अनुसन्धानको आवश्यकता रहेको बताएका छन् । किनभने स्याम्पलको सुरुवाती अनुसन्धानमा यो कुरा सार्वजनिक भएको हो तर थप अनुसन्धानपछि सौर्य मण्डल कसरी बन्यो भन्ने पत्ता लाग्नेछ । कुन ग्रह कहाँबाट पैदा भए आदि ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान यस्तै एक अनुसन्धानका लागि एस्टेरोयड बेनुका लागि प्रस्थान गरेको छ । उक्त स्याम्पलको अनुसन्धान गर्नका लागि थुप्रै वैज्ञानिक संस्था लाइन लागेर बसेको छ ताकि सौर्य मण्डलसँग सम्बन्धित जानकारी हासिल गर्न सकियोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक