2026-09-19 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाले बनायो नयाँ सुपरकम्प्युटर, मर्दै गरेको सुपरनोभाको खिच्यो शानदार तस्बिर

भदौ ४, काठमाडौं | एजेन्सी | अष्ट्रेलियाको एउटा नयाँ सुपरकम्प्युटिङ सिस्टमले नष्ट भइसकेको सुपरनोभाको असाध्यै शानदार तस्बिर खिचेको छ । नयाँ जेनेरेशनको रेडियो टेलिस्कोप जस्तो अष्ट्रेलियन स्क्वायर किलोमिटर एरे पाथफाइन्डर (एएसकेएपी) लाई सुपर कम्प्युटरमा चल्ने असाध्यै सक्षम सफ्टवेयरको आवश्यकता हुन्छ । त्यसैले पावसी सुपरकम्प्युटिङ रिसर्च सेन्टरले सेटोनिक्स नामको एउटा नयाँ सुपरकम्प्युटर लञ्च गरेको छ ।

एएसकेएपीमा ३६ डिश एन्टिना छ जुन टेलिस्कोपले झैँ काम गर्छ । यसलाई अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी सीएसआइआरओले चलाउँछ । यसले संकलन गरेको डाटा, हाई स्पिड अप्टिकल फाइबरमार्फत् पावसी सेन्टरमा पनि पठाइन्छ जहाँ यसलाई प्रोसेस गरिन्छ र यो तस्बिरमा बदलिने गर्छ ।

Remains Of A Giant Cosmic Explosion Pictured In Data From New Supercomputer

सेटोनिक्सले मर्दै गरेको सुपरनोभा G261.9 + 5.5 को निकै सुन्दर तस्बिर खिचेको छ । यो सुपरनोभा करिब १० लाख वर्ष पुरानो हुनसक्छ । यो हामीभन्दा १०,०००–१५,००० प्रकाश वर्ष टाढा छ । सीएसआइआरओका रेडियो खगोल विज्ञानी एरिक आल हिलले यसबारे पहिलो पटक सन् १९६७ मा मृत ताराको रुपमा वर्णन गरेका थिए । नष्ट भइसकेको सुपरनोभा (एसएनआर), मरेका ताराहरुको शक्तिशाली बिस्फोटको अवशेष हुन् ।

SNR G261.9+05.5 को तस्बिर हेर्दा निकै सुन्दर भएपनि एएसकेएपीको एस्ट्रोनोमी सर्भेको डाटाको प्रोसेसिङ पनि सुपरकम्प्युटर सिस्टम जाँच्ने एक शानदार तरिका हो । सुपरकम्प्युटरमार्फत् डाटा प्रोसेसिङ निकै जटिल हुन्छ । तर सेटोनिक्ससँग यस्तो खालको गहन प्रोसेसिङका लागि पर्याप्त स्रोत साधन छन् । सेटोनिक्सका लागि यो कदम दुई चरणमध्ये पहिलो चरण हो, दोस्रो यस वर्षको अन्त्यमा पूरा हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई