2026-09-19 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरमा पालेको कुखुराको अण्डा स्वास्थ्यका लागि खतरनाक !

भदौ ४, काठमाडौं | घरमा पालेको कुखराले पारेको अण्डा र आफ्नै खेतबारीमा उब्जाएको सागसब्जी भन्दा ताजा सायद अरु केही हुँदैन । अष्ट्रेलियामा करीब ४ लाख मानिसहरुले आफ्नो घरमै कुखुरा पाल्दछन् ।

नेपालमा पनि ग्रामीण क्षेत्रमा अधिकांश परिवारहरुले घरमा कुखुरा पाल्ने गरेको पाइन्छ । घरमै कुखुरा पालेका मानिसहरुले ताजा अण्डा खान पाउँछन् । तर, वैज्ञानिकहरुका अनुसार अण्डाको हकमा केवल ताजा हुनु मात्रै पर्याप्त हुँदैन ।

हालै गरिएको एक अध्ययन अनुसार घरमा पालिएको कुखुराको अण्डामा व्यवसायिक रुपबाट उत्पादित अण्डाको तुलनामा औषतमा ४० गुणा धेरै सिसा अर्थात् लिड तत्व हुन्छ ।

शेधकर्ताहरुले घरमा पालेको कुखुरा र उसको अण्डाको जाँच गर्दा आधाजसो कुखुरा र आधाजसो अण्डामा सिसाको स्तर उच्च पाए, जुन उपभोक्ता स्वास्थ्यको दृष्टिले हानिकारक हुन्छ ।

स्मरण रहोस् सिसाको मात्रा निकै कम हुँदापनि मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसबाट मुटुरोग, सुस्त मानसिक अवस्था तथा मृगौलाको रोग लाग्न सक्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार सिसाको मात्रा कति स्तरसम्म सुरक्षित हुन्छ भन्ने बारेमा कुनै मापदण्ड छैन ।

माटोबाट कुखुरामा पुग्छ सिसा

घरको आँगन, करेसाबारी वा बगैँचाको माटोमा भएको सिसाको मात्राले घरमा पालेको कुखुरा र त्यसको अण्डामा सिसाको मात्रा कति हुन्छ भन्ने निर्धारण गरेको हुन्छ ।

शोधकर्ताहरुका अनुसार माटोमा सिसा भएमा त्यसको अधिकांस हिस्सा कुखुरामा पुग्दछ किनकी कुखुराले भुइँमा खोस्रिएर आफ्नो चारो खोजेर खान्छ ।

शोधकर्ताहरुले सिड्नीका ५५ घरको बगैँचाको माटोको परीक्षण गरे । त्यसबाट उनीहरुले घरमा पालिने कुखुरा र त्यसका अण्डामा सिसाको संक्रमण पत्ता लाग्यो ।

सिसा संक्रमणका बाँकी श्रोत पनि पत्ता लगाइयो, जस्तै जनावरको पिउने पानी तथा कुखुराको भोजन । त्यसपछि ख्भनभक्बाभ कार्यक्रमका माध्यमबाट अष्ट्रेलियाका घरमा २५ हजार भन्दा धेरै बगैँचाको माटोको नमूनाको अध्ययन गरियो जसमा सिसा नै सबैभन्दा धेरै चिन्ताको विषय बनेको थियो ।

कति हो जनावरमा सिसाको न्यूनतम स्तर ?

कुखुरा तथा अन्य पक्षीहरुका लागि रगतमा सिसाको स्तरका लागि कुनै मापदण्ड छैन । पशुजाँच तथा मूल्यांकनका साथै शोधबाट के पत्ता लागेको छ भने रगतमा २० माइक्रोग्राम प्रति डेसिलिटर तथा त्यसभन्दा धेरै सिसाको स्तर स्वास्थ्यका लागि हानिकारक हुन्छ । घरमा पालिएका ६९ वटा कुखुराको जाँच गर्दा ४५ प्रतिशत कुखुराको रगतमा सिसाको स्तर २० माइक्रोग्राम प्रति डेसिलिटर भन्दा धेरै पाइयो ।

ती कुखुराले पारेका अण्डाको पनि जाँच गरियो । अष्ट्रेलिया तथा विश्वमा कतैपनि अण्डामा धातुको स्तरका लागि कुनै मापदण्ड छैन ।

यस अध्ययनका क्रममा घरमा पालिएका कुखुराले पारेका अण्डामा सिसाको औषत स्तर ३०१ माइक्रोग्राम प्रतिकिलो थियो । जबकी बजारबाट खरिद गरिएका ९ वटा अण्डामा सिसाको स्तर ७.२ माइक्रोग्राम प्रतिकिलो थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई