2026-09-19 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय

काठमाडौं | प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

हामी यहाँ तपाईँलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईँको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ ।

१. राउटर राखिएको स्थान

तपाईँको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् । यदि तपाईँले राउटरलाई भुईँमा राख्नुभएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभाइसमा पुग्न सक्दैन् ।

त्यसैले वाईफाई राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइसमा पुरा सिग्नल आउँछ । बहुतल्ले घरमा वाईफाई प्रयोग गर्नुहुन्छ भने घरको माथिल्लो तल्लामा राउटर राख्नुहोस् ।

२. कति दूरीमा छ वाईफाई राउटर

हरेक वाईफाई राउटरको एउटा निश्चित सीमा तोकिएको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ । राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । उदाहरणको लागि कुनै राउटरले ३०० मीटरसम्मको एरिया कभरेज गर्छ भने कुनैले ३० मीटरसम्मको मात्रै । त्यसैले तपाईँको वाईफाई राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नुहोस् । यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टि लेखिएको हुन्छ ।

३. वरिपरिको वातावरण

वाईफाई राउटरको अवस्था र राखेको स्थान ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ । वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफाईको वरिपरि सकेसम्म मेटलका सामाग्रीहरु नराख्नुहोस् । त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्नल रोक्नेहुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् ।

४. कुन दिशामा वाईफाई राउटर राख्ने

वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले समान तहको सिग्नल पठाउने गर्दछ । त्यसैले जुन दिशामा वा स्थानमा बसेपनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस् ।

५. रिपीटर डिभाइसको प्रयोग

यदि माथिका सबै टिप्सहरु ध्यान पूर्वक प्रयोग गरिसक्नुभएको छ र अझैपनि वाईफाई सिग्नल कमजोर छ भने तपाईँले त्यसको लागि वाईफाई रिपीटर लगाउनु उपयुक्त हुन्छ । वाईफाई रिपीटरलाई कतै कतै वाईफाई सिग्नल बुस्टर डिभाइसको नामले बुझ्ने गरिन्छ । यो सानो उपकरणले तपाईँको वाईफाई राउटर र डिभाइसको दूरी केहि बढि भएपनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ ।

रिपीटरको सहयोगबाट तपाईँको राउटरले धेरै एरिया कभरेज गर्दछ । यदि तपाईँ ठूलो एरियाको लागि वाईफाई प्रयोग गर्न चाहनुहुन्छ भने यस्तो रिपीटर डिभाइस प्रयोग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई