2026-09-19 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक सेकेन्डमा फुल चार्ज हुनेछ फोन ?

भदौ १९, काठमाडौँ | कुनै स्मार्टफोन चार्ज हुन कति समय लाग्छ ? यस्ता थुप्रै फोन बजारमा आइसकेका छन् जुन पाँच मिनेटमा चार्ज भएर ५ घण्टासम्म चलाउन सकिन्छ । यी फोन फूल चार्ज हुन लगभग आधा घण्टाको समय लाग्छ । यस्तै केही यस्तो पनि प्रविधिमा काम चलिरहेको छ जसले मात्र एक सेकेन्डमा तपाईंको फोन फुल चार्ज गर्नसक्छ ।

ओप्पोको चार्जिङ टेक्नोलोजीलाई मान्ने हो भने भविष्यमा हाम्रो स्मार्टफोन एक सेकेन्डमा नै चार्ज हुन सक्छ । जिरोबाट शत प्रतिशत चार्ज हुन एक सेकेन्डको मात्रै समय लाग्नेछ । एडवार्ड टियानले यो जानकारी एक अन्तरवार्तामा दिएका हुन् ।

ओपोका एक्जिक्युटिभले के भने ?

अन्तरवार्ताका क्रममा उनले भने, ‘हामी यस्तो अवस्थामा छौँ जहाँ तपाईंको स्मार्टफोन १५ मिनेटमा चार्ज हुनसक्छ । यदि तपाईंसँग १५० वाटको चार्जर छ भने तपाईं निकै सजिलै आफ्नो फोन १५ मिनेटमा चार्ज गर्न सक्नुहुन्छ ।’

ओपोको सहयोगी कम्पनी रियलमीको फोन जीटी नियो थ्रीलाई तपाईं ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सक्नुहुन्छ । केही वर्ष अघिसम्म यस्तो खालको अंक हाम्रो पहुँच बाहिरको देखिन्थे । अब हामी जहाँ छौँ त्यहाँबाट हेर्दा यस्तो लाग्छ कि चार्जिङ टेक्नोलोजीका लागि कुनै सीमा छैन ।

के फास्ट चार्जिङ सहज छैन ?

एडवार्ड टियानले भने, ‘फास्ट चार्जिङको टेक्निकल इन्जिनियरको रुपमा मेरो काम समयसीमा तोड्नु हो । हामी त्यो दिनसम्म अनुसन्धान गरिरहनेछौँ जबसम्म हामी फोनलाई एक सेकेन्डमा फूल चार्ज हुने बनाउँदैनौँ ।’

यो अहिले नै सम्भव हुने छैन । ओपोले तुरुन्त यस्तो गर्ने छैन । कम्पनीले यसलाई एक सम्भावनाको रुपमा हेर्छ । यसका लागि कम्पनीले लामो यात्रा निश्चित गर्नुपर्नेछ । एडवार्ड टियानले यहाँसम्म पुग्न सहज नभएको बताउँछन् ।

उनका अनुसार फास्ट चार्जिङको चार्जिङ स्पिड बढाउनु चुनौती होइन, प्रयोगकर्तालाई उत्कृष्ट चार्जिङ अनुभव प्रदान गर्नु चुनौती हुन्छ । यसमा सुरक्षा, चार्जिङ टेम्परेचर, ब्याट्री सेलको डेन्सिटी, ब्याट्रीको लाइफ स्प्यामजस्ता विभिन्न चिजको ख्याल राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई