2026-11-01 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

भदौ १९, काठमाडौँ | मेटाले पैसा तिरेर फेसबुक र इन्स्टाग्राम चलाउने फिचर ल्याउने भएकाे छ । त्यसका लागि कम्पनीले एक छुट्टै समूह नै तयार पारेको छ ।

उक्त समूहले आफ्नाे प्लेटफर्ममा प्रयोगकर्ताले पैसा तिरेर प्रयोग गर्नसक्ने सेवा र फिचरको पहिचान तथा निर्माण गर्नेछ । पछिल्लो समय घट्दो आम्दानीलाई लिएर कम्पनीले यो कदम चालेको बताइएको छ ।

सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि मेटाको अनुसन्धान विभाग प्रमुख भैसकेकी छिन् ।

स्मरण रहोस् ट्विटर तथा स्नापच्याट जस्ता सोसल मिडिया प्लाटफर्महरुमा यसअघि नै सशुल्क सेवा अर्थात् पेड सर्भिस उपलब्ध छन् । ट्विटरको सशुल्क भर्सनलाई ट्विटर ब्लु भनिन्छ भने स्नापच्याटमा पनि स्नापच्याट प्लस फिचर उपलब्ध छ ।

ट्विटर ब्लु तथा स्नापच्याट प्लसमा प्रयोगकर्ताले आम प्रयोगकर्ताले भन्दा विभिन्न नयाँ तथा विशेष फिचरहरु प्रयोग गर्न पाउँदछन् । ट्विटर ब्लु प्रयोगकर्तालाई हालैमात्र इडिट बटन उपलब्ध गराइएको छ ।

द भर्जका अनुसार मेटाले एक नयाँ महाशाखा खडा गरिरहेको छ जसको नाम New Monetization Experiences हो । यो महाशाखाले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपका लागि सशुल्क फिचर्समा केन्द्रित भएर काम गर्नेछ ।

मेटा कम्पनीको आन्तरिक सञ्चारपत्रको हवाला दिँदै द भर्जले उक्त खुलासा गरेको छ । यद्यपि, फेसबुकमा सशुल्क फिचर्सको चर्चा सुरु भएको यो पहिलोपटक भने होइन । यसअघि पनि विभिन्न समयमा यस्ता चर्चा चल्ने गरेका थिए ।

समाचार अनुसार मेटा कम्पनी आफ्नो विज्ञापनको व्यापार बढाउनमा लागेको छ । त्यसैले सशुल्क प्रयोगकर्ताका लागि मात्र विज्ञापनमुक्त सेवा दिने उसको योजना नभएको मेटाका विज्ञापन तथा व्यवसाय प्रडक्ट भिागका प्रमुख जोन हेगेम्यानले एक अन्तरवार्तामा बताएका छन् ।

स्मरण रहोस् स्नापच्याट, ट्विटर तथा फेसबुक जस्ता कम्पनीको आम्दानीको अधिकांस हिस्सा डिजिटल विज्ञापनहरुबाट आउँदछ । पेड फिचरका माध्यमबाट कम्पनीलाई विज्ञापन विना पनि आम्दानी हुने एक अर्को विकल्प प्राप्त हुनेछ जुन ट्विटर तथा स्नापच्याटले उपयोग गरिरहेका छन् ।

ट्विटरको सब्सक्रिप्सन प्रडक्ट अर्थात् ट्विटर ब्लुका लागि प्रयोगकर्ताले मासिक ४.९९ डलर तिर्नुपर्दछ भने स्नापच्याटले पनि सब्सक्रिप्सन सर्भिस हालै सार्वजनिक गरेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द