भदौ १९, काठमाडौँ | हावाबाट ऊर्जा प्रसारण हुने प्रविधिको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । अनुसन्धानकर्मीले इन्फ्रारेड लेजर प्रकाश प्रयोग गरेर ४०० मेगावाटको विद्युतीय ऊर्जा ३० मिटरको दूरीमा प्रसारण गर्न सफल भएको छ ।

यसमा साना उपकरणहरू चार्ज गर्न सकिने अनुसन्धानकर्ताहरूको दाबी छ । भोलिको दिनमा यो प्रविधि विस्तार हुँदै गएपछि स्मार्टफोन लगायतका उपकरणहरु पनि चार्ज गर्न सकिने उनीहरूको भनाइ छ ।

प्रयोगमा नभएको समयमा लेजरले विद्युतीय ऊर्जालाई स्वतः कम गर्ने हुनाले यो निकै नै सुरक्षित रहेको पनि बताइएको छ । यसलाई ‘डिस्ट्रिब्युटेड लेजर चार्जिङ’ भन्ने नाम दिइएको छ जुन अन्य वायरलेस चार्जिङहरूको तुलनामा प्रभावकारी र सुरक्षित हुने अनुमान गरिएको छ ।

अहिले प्रयोगमा भइरहेको वायरलेस चार्जिङमा कुनै तार प्रयोग नभएपनि डिभाइसहरू भने नजिक हुनुपर्छ अथवा चार्जिङ डिभाइसमा चुम्बकिय प्रविधि प्रयोग हुने गरेको छ ।

तर यो प्रविधिमा भने चार्जिङ डिभाइबाट चार्ज गर्नुपर्ने डिभाइस टाढा नै भएपनि हावाको माध्यमबाट प्रशारण हुने विद्युतीय उर्जामार्फत चार्ज गर्न सकिनेछ ।

यो प्रविधिलाई सामान्यीकरण गर्नका लागि भने टोलीले धेरै काम गर्नुपर्ने हुन्छ । यो प्रविधिबाट उत्पन्न हुने ऊर्जा मात्रा बढाउनु पनि उत्तिकै आवश्यक छ ।

Related News