2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईफोन १४ खरिद गर्न औसत नेपालीले कति दिन काम गर्नुपर्छ ?

भदौ ३०, काठमाडौँ | एप्पलले हालै बहुप्रतिक्षित आईफोन फोर्टिन सिरिज सार्वजनिक गरेको छ । केही दिनअघि आईफोन फोर्टिन सिरिजको प्रि-अर्डर पनि सुरु भइसकेको छ ।

त्यसो त आईफोनको कुनै पनि उत्पादन त्यसको महँगो मूल्य र आकर्षक फिचरका कारण चर्चामा आइरहन्छ । यसपटक पनि आईफोन फोर्टिन को प्रो र प्रो म्याक्स मोडेलमा भएको ‘डाइनामिक आइसल्याण्ड‘ फिचर निकै नै चर्चामा छ ।

त्यसबाहेक कम्पनीले नयाँ सिरिजमा ‘क्रयाश डिटेक्सन’, ‘इमर्जेन्सी एसओएस भाय स्याटलाइट‘ जस्ता फिचर ल्याएको छ । यस्ता विभिन्न नयाँ फिचरले प्रयोगकर्तालाई लोभ्याइरहँदा कुन देशका नागरिकले नयाँ आईफोन खरिद गर्न कति दिन काम गर्नु पर्छ होला ? यो तपाईँ हामी सबैको जिज्ञासाको विषय हुनसक्छ ।                      

त्यसो त नेपालले केही महिनाअघि मात्र ३०० डलरभन्दा माथिका फोनको आयातमा प्रतिबन्ध लगाएकाले कम्तिमा असोज २९ गतेसम्मका लागि आईफोन भित्रिने छैन । त्यसपछि सरकारले के निर्णय गर्छ भन्ने कुरा समेत निश्चित छैन । 

यद्यपि अन्तर्राष्ट्रिय बजारमा आईफोन फोर्टिन प्रोको मूल्य ९९९ डलर (करिब १ लाख २६ हजार ५ सय रुपैयाँ) रहेको छ । सोही मूल्यमा नेपालमा आईफोन खरिद गर्न नेपालीहरूले कति दिन काम गर्नु पर्ला ? केन्द्रिय तथ्याङ्क विभागका अनुसार नेपालीको औसत वार्षिक आम्दानी एक लाख ६७ हजार रुपैयाँ रहेको छ ।

यसलाई आधार मान्ने हो भने एक नेपालीले दैनिक औसत करिब चार सय ५७ रुपैयाँ आम्दानी गर्छ । यस्तोमा एक नेपालीले आईफोन फोर्टिन प्रो खरिद गर्न सम्पूर्ण आम्दानी जोगाउने हो भने पनि करिब २७६.५ दिन काम गर्नु पर्ने हुन्छ ।

कुन देशका युवाले दैनिक औसतमा कति आम्दानी गर्छन् भन्ने कुरालाई आधार बनाएर पिकोडीले एउटा प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा विश्वका विभिन्न ४६ देशका मानिसहरूले कति दिन काम गर्दा १२८ जीबीको आईफोन फोर्टिन प्रो खरिद गर्न सक्छन् भन्ने कुरा उल्लेख गरिएको छ । यो सूचीमा नेपाल सहित केही दक्षिण एसियाली देशहरू भने समावेश छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई